आईतवार, कार्तिक ८,२०८३ 02:52:19
  • आईतवार, कार्तिक ८,२०८३ 02:52:19
Global IME Bank Limited

२६ औं फ्लोरा एक्स्पोको तेस्रो दिन ३० लाख बढीको कारोबार, १७ हजार बढीले गरे अवलोकन

Bizshala
२६ औं फ्लोरा एक्स्पोको तेस्रो दिन ३० लाख बढीको कारोबार, १७ हजार बढीले गरे अवलोकन
New Office

काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६ औँ फ्लोरा एक्स्पोमा तेस्रो दिन ३० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ । तेस्रो दिन मेलामा १७ हजार भन्दा धेरैले अबलोकन गरेका आयोजकले बताएको छ  ।  

मेलाको तेस्रो दिन फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना तथा लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सह–आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा पुष्प व्यबसायी, मेला अबलोकनकर्ता, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।  

सोमबारसम्म चल्ने सो पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र १ करोड रुपैयाँभन्दा बढीको कारोवार गने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल १०, प्रतियोगितात्मक प्रदर्शनी २ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणका लागि १५० र विद्यार्थीका लागि १०० रुपैयाँ प्रबेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निःशुल्क प्रबेशको ब्यबस्था गरिएको मेला सह–संयोजक सुमन महर्जनले बताए ।  

एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भइरहेको कार्यक्रम संयोजक तथा फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचे अनुरुपनै कारोबार हुनेमा आफू विस्वस्त रहेको पनि संयोजक तामाङले बताए ।  

उपभोक्ता पनि अन्तिम अबस्थामा आउने भएका कारण मेलाको अन्तिम दिन यसअघिको भन्दा धेरै कारोबार हुने अपेक्षा फ्यानको रहेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको ईतिहास रहेको छ । यसपछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र बि.सं. २०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरु रहेको थियो । जब २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल को स्थापना भयो तत पश्चात मात्र पुष्पको व्यवसायीक बिकास, बिस्तार र प्रबद्र्धनले गति लिएको हो ।  

हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ । हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ११७४ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी रु.८ अर्व ८३ करोड भन्दा बढि रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि ५१,५०० भन्दा बढि जनशक्तिहरु रोजगार रहेका र पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्व ६८ करोड भन्दा बढि रहेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.