काठमाण्डौ । जापानको केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । नीति निर्माताहरुले आयातमा निर्भर जापानका अर्थतन्त्रमा अमेरिकी ट्यारिफको प्रभाव जाच्ने निधो गरेसँगै बुधबार जापानको केन्द्रीय बैंकले यस्तो निर्णय गरेको हो ।
अमेरिकी केन्द्रीय बैंकको पोलिसी बैठकमा ब्याजदर स्थिर राख्ने अपेक्षा भईरहेकै बेला जापानको केन्द्रीय बैंकले पोलिसी रेट ०.५ प्रतिशत यथावत राख्ने निर्णय गरेको छ । जापानको केन्द्रीय बैंकले देशको अर्थतन्त्रमा केही कमजोरी भएतापनि मध्यम सुधार आएको जनाएको छ ।
यस्तै आर्थिक क्रियाकलाप तथा मूल्यमा समेत केही अनिश्चितताहरु समेत देखा परेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।