IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 02:13:58
IME remit
Global IME Bank Limited

यी हुन् सन् २०२५ मा तीव्र वृद्धि भईरहेका अर्थतन्त्र, भुटान एशियाकै दोस्रो स्थानमा

Hyundai Nepal
यी हुन् सन् २०२५ मा तीव्र वृद्धि भईरहेका अर्थतन्त्र, भुटान एशियाकै दोस्रो स्थानमा
Nabil Bank Limited

काठमाण्डौ । हालसम्मको अवस्थालाई विश्लेषण गर्दा सन् २०२५ विश्व अर्थतन्त्रका लागि खासै उपलिब्धपूर्ण हुने देखिदैन । अमेरिकाले आक्रामक रुपमा लगाईरहेको ट्यारिफका कारण विश्व व्यापार युद्ध नजिकिएको छ । यसले विश्वका देशहरुको अर्थतन्त्रमा सुस्तता छाउने निश्चित प्रायःछ ।  

वस्तु तथा सेवाको प्रवाह अवरुद्ध हुँदा विश्वका अर्थतन्त्रहरुलाई आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिनाई हुने देखिन्छ । तर यसबीचमा पनि विश्वका केही अर्थतन्त्रहरुले भने लोभलाग्दो आर्थिक वृद्धि हासिल गरिरहेका छन् । भिजुअल क्यापिटलिस्टले सन् २०२५ का सर्वाधिक वृद्धि भईरहेका अर्थतन्त्रहरुको सूची सार्वजनिक गरेको छ । जसमा अधिकांश तेल उत्पादक देशहरु रहेका छन् । कुल २० वटा देशहरुमा १२ वटा अफ्रिकी र ६ वटा एशियाली देशहरु रहेका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

भिजुअल क्यापिटलिस्टका अनुसार दक्षिण सुडान सूचीको शीर्ष स्थानमा रहेको छ । सन् २०२५ मा दक्षिण सुडानको वास्तविक जीडीपी ग्राथ २७.२ प्रतिशत हुने अनुमान गरिएको छ । गृहयुद्धका कारण पछिल्लो समय दक्षिण सुडानको जीडीपी उतारचढावपूर्ण रहेको छ । यसले यहाँका अधिकांश जनतालाई गरिबीतर्फ धकेलेको छ । भूपरिवेष्ठित यो  राष्ट्रको अर्थतन्त्र यहाँ भएर छिमेकी मुलुक सुडान जाने पाइपलाइनमा समेत निर्भर रहेको छ ।  

सन् २०२४ मा दक्षिण सुडानमा महत्वपूर्ण पाइपलाइनहरु निर्माण भएका छन् । जसले सरकारको आम्दानी ह्वात्तै बढाएको छ । तर गृहयुद्धका कारण पाइलाइनको मर्मत कठिन देखिन्छ ।

यस्तै सूचीको दोस्रो स्थानमा गुयाना रहेको छ । दक्षिण अमेरिकी यो देश कुनै समय यो क्षेत्रकै गरिब देशको सूचीमा पर्ने गर्थ्यो । तर सन् २०१५ मा तेलका ठूला खानी फेला परेसँगै यो देशको अवस्था फेरिएको छ । सन् २०१९ बाट तेल उत्खनन भएसँगै गुयानाले अर्बौ डलर आर्जन गरिसकेको छ ।  

यो रकम यहाँको सरकारले पूर्वाधार विकासमा लगानी गरिरहेको छ । विश्लेषकहरुले सन् २०४० सम्म गुयानाको कुल तेल आम्दानी १५७ अर्ब डलर पुग्ने अनुमान गरेका छन् । सन् २०२५ मा यहाँको जीडीपी वृद्धि १४.४ प्रतिशत रहने अनुमान गरिएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चौथौ स्थानमा सेनेगल रहेको छ । यहाँको जीडीपी ग्रोथ ९.३ प्रतिशत रहने अपेक्षा गरिएको छ ।  

यस्तै पालाउको जीडीपी ग्रोथ ८.५ प्रतिशत, सुडानको ८.३ प्रतिशत,युगान्डाको ७.५ प्रतिशत, नाइजरको ७.३ प्रतिशत,मकाओको ७.३, भुटानको ७.२ प्रतिशत,मंगोलियाको ७ प्रतिशत,जाम्बियाको ७ प्रतिशत,बेनिनको ६.५ प्रतिशत,इथियोपियाको ६.५ प्रतिशत,रुवान्डाको ६.५ प्रतिशत,इण्डियाको ६.५ प्रतिशत,आईभरी कोस्टको ६.४ प्रतिशत,फिलिपिन्सको ६.१ प्रतिशत,भियतनामको ६.१ प्रतिशत र डिजीबाउटीको ६ प्रतिशत हुने जनाइएको छ  

यस्तै यो वर्ष समग्र विश्वको आर्थिक वृद्धिदर भने ३.२ प्रतिशत रहनेछ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X