काठमाण्डौ । आठ महिनाको अवधिमा बजारमा नगद परिचालन ८.४३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।
विवरण अनुसार फागुन महिनासम्ममा बजारमा ७ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत असार महिनाको तुलनामा ८.४३ प्रतिशतले बढी हो । असार महिनासम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।
फागुन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । जुन असार महिनाको तुलनामा १०.६३ प्रतिशतले बढी हो । असार महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ९० अर्ब ७१ करोड रुपैयाँ थियो ।
यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप पनि बढेको छ । असार महिनासम्म २ खर्ब ९० अर्ब सरकारी निक्षेप रहेकोमा फागुनसम्म बढेर ३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।
फागुन महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ५७ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् ।
फागुन महिनासम्ममा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति १ खर्ब ५ अर्ब ४ करोड रुपैयाँ र कुल स्वदेशी दायित्व १६ खर्ब ४० अर्ब रुपैयाँबराबर रहेको छ ।
यस्तै कुल विदेशी मुद्रा सम्पत्ति २२ खर्ब ७० अर्ब र कुल विदेशी मुद्रा दायित्व ४८ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।