• आईतवार, भाद्र २९,२०८२ 06:28:08
Global IME Bank Limited

अमेरिकी पूँजीबजार उद्योगका कम्पनीहरुले दिए कर्मचारीलाई ४७.७ अर्ब डलरको रेकर्डतोड बोनस

Hyundai Nepal
अमेरिकी पूँजीबजार उद्योगका कम्पनीहरुले दिए कर्मचारीलाई ४७.७ अर्ब डलरको रेकर्डतोड बोनस

काठमाण्डौ । अमेरिकी पूँजीबजार उद्योगमा कार्यरत कर्मचारीहरुलाई रेकर्डतोड बोनस घोषणा गरिएको छ । बालस्ट्रिटमा रहेका पूँजीबजार सम्बद्ध कम्पनीहरुले बोनसको सिजन सुरु भएसँगै कर्मचारीहरुलाई कुल ४७.५ अर्ब डलरबराबरको बोनस घोषणा गरेका हुन् ।  

बालस्ट्रिटको पूँजीबजार उद्योगमा २ लाख बढी कर्मचारी कार्यरत छन् । कम्पनीले घोषणा गरेको बोनस अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो । कर्मचारीहरुलाई औषत २ लाख ४४ हजार ७ सय डलर प्रदान गरिएको न्यूयोर्क स्टेट कम्प्ट्रोलर थोमस पी दिलनापोलीले बताए । यो रकम अघिल्लो वर्षको तुलनामा ३१.५ प्रतिशतले बढी भएको समेत उनले बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत वर्ष वालस्ट्रिटका कम्पनीहरुको मुनाफामा ९० प्रतिशतका उछाल आएसँगै कर्मचारीहरुको बोनसमा उल्लेख्य वृद्धि भएको हो । वित्त बजार बलियो बनेको खबर न्यूयोर्कको अर्थतन्त्रका लागि सुखद भएको दिलनापोलीले बताए ।  

रेकर्ड हाई नोमिनल डलरमा आधारित हुने जनाइएको छ । मुद्रास्फितीलाई आधार मान्ने हो भने सन् २००६ मा प्रदान गरिएको बोनस अझैपनि सबैभन्दा उच्च हुन आउछ । त्यस वर्ष वालस्ट्रिका कम्पनीहरुले कर्मचारीहरुलाई कुल ३४.३ अर्ब डलरबराबरको बोनस प्रदान गरेका थिए ।  जुन एक जना कर्मचारीलाई औषत १ लाख ९१ हजार ४ सय डलर हुन आउछ । यो रकम सन् २०२५ मा गणना गर्ने हो भने ३ लाख ७ हजार डलर हुन आउछ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.