शुक्रबार, असार १९,२०८३ 11:37:40
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:37:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकासँगको क्यानडाको पुरानो सम्बन्ध समाप्त: मार्क कार्नी

Laxmi Sunrise Bank Limited
अमेरिकासँगको क्यानडाको पुरानो सम्बन्ध समाप्त: मार्क कार्नी

काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकीसँगको पुरानो सम्बन्ध अन्त्य भएको बताएका छन् । कार्नीले अमेरिकाँग क्यानडाको मौलिक रूपमा अर्थतन्त्रलाई एकीकृत गर्ने, सुरक्षा र सैन्य सहयोगलाई प्रगाढ बनाउनेमा आधारित पुरानो सम्बन्ध समाप्त भएको बताएका हुन् ।  

राजधानी ओटावामा मन्त्रिपरिषद्को बैठकपछि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लगाउने निर्णयले क्यानाडालीहरूलाई आफ्नो अर्थतन्त्रमा पुनर्विचार गर्न बाध्य बनाउने बताए।

New Office
CG Motors
Garima Development Bank

मार्क कार्नीले क्यानडाले प्रतिशोधात्मक ट्यारिफको साथ प्रतिक्रिया दिने र यसका कारण अमेरिकामा अधिकतम प्रभाव पर्ने बताए । ट्रम्पले बुधवार आयातित सवारी साधन र सवारीका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।  

कार्नीले सन् १९६५ मा क्यानडा र अमेरिकाबीच भएको अटोमोटिभ उत्पादन सम्झौतालाई सबैभन्दा महत्त्वपूर्ण सम्झौताको रूपमा वर्णन गरे र यो ट्यारिफसँगै समाप्त भएको बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्नीले ट्रम्पको कार्यालयबाट फोन वार्तालापको समय तालिकाको प्रस्ताव आएको छ छिट्टै वार्तालाप हुने सम्भावना समेत भएको जानकारी दिए ।  

यदि यस्तो भयो भने, प्रधानमन्त्री बनेपछि कार्नी र ट्रम्पबीच पहिलो पटक फोन वार्ता हुनेछ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.