शुक्रबार, असार १३,२०८२ 08:42:09
  • शुक्रबार, असार १३,२०८२ 08:42:09
Global IME Bank Limited

आर्थिक बोझ नलिई घर किन्ने सोचमा हुनुहुन्छ ? अपनाउनुहोस् ५–२०–३०–४० सूत्र

Hyundai Nepal
आर्थिक बोझ नलिई घर किन्ने सोचमा हुनुहुन्छ ? अपनाउनुहोस् ५–२०–३०–४० सूत्र
Nabil Bank Limited

काठमाण्डौ । आफ्नै घर होस् भन्ने चाहना सबै ब्यक्तिको हुन्छ । तर उपयुक्त वित्तीय योजना बिना यस्तो सपना पुरा हुन सम्भव भने हुँदैन । सही वित्तीय योजनाको अभावमाले सपना उल्टै आर्थिक बोझ समेत बन्न सक्ने सम्भावना हुन्छ ।  

यहाँ हामी तपाईलाई आफ्नै घर होस् भन्ने सपना साकार पार्न केही फर्मुलाका बारेमा जानकारी दिदैछौं । ५–२०–३०–४० सूत्र घर किन्न वा बनाउन निकै उपयोगी हुन सक्छ । यस सूत्रअनुसार घरको मूल्य तपाइले खरिद गर्न लागेको वा बनाउन लागेको घरको मूल्य तपाईको वार्षिक आम्दानीको ५ गुणाभन्दा बढी हुनुहुँदैन । सूत्रले तपाईको वार्षिक आम्दानीको पाँच गुणाभन्दा कम हुनुपर्ने जनाउँछ, ताकि तपाई चाँडै नै ऋणमुक्त हुन सक्नुहुनेछ ।

आउनुहोस्, कसरी ५–२०–३०–४० सूत्रले घर बनाउन वा किन्नमा सहयोग गर्छ, भन्ने कुरा बुझौं ।  

घर किन्ने एक सपना  

घर किन्ने हर कोहीको सपना हुन्छ, तर सहि योजना बनाउन सकिएन भने घर किन्न निकै कठिन हुन्छ । घर किन्नु अगाडी इएमआई (मासिक किस्ता)लगायतका वित्तीय योजनाहरु सहि रुपमा बनाउनु अत्यन्त आवश्यक हुन्छ । यदि तपाई घर किन्न सोचमा हुनुहुन्छ भने आर्थिक संकटबाट बच्न ५–२०–३०–४० सूत्र अपनाउनुहोस् ।  

यस सूत्रनुसार ५ प्रतिशत डाउन पेमेन्ट, २० प्रतिशत आपतकालिन कोष (इमर्जेन्सी फण्ड), ३० प्रतिशत घर कर्जाको इएमआई र ४० प्रतिशत अन्य आवश्यक खर्चहरुका लागि योजना बनाउनुपर्दछ । यो सूत्रले तपाईको वित्तीय बोझ कम हुन सक्नेछ र तपाई सहज रुपमा घर खरिद गर्न सक्नुहुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

५–२०–३०–४० सूत्र स्मार्ट वित्तीय योजना  

५–२०–३०–४० सूत्र केवल अंक मात्र नभई यो एक स्मार्ट वित्तीय योजना हो । यो सूत्रले घर किन्दा तपाईको आर्थिक स्थिति सन्तुलित राख्न मद्दत समेत गर्दछ ।  

यस सूत्रले ५ प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने सिकाउँछ । साथै तपाईको वार्षिक आम्दानीको ५ गुणाभन्दा महँगो घर नकिन्न सुझाउँछ । मासिक आम्दानीको ३० प्रतिशत मात्रै होम लोन इएमआईमा खर्च गर्न र ४० प्रतिशत अन्य अत्यावश्यक खर्चहरुका लागि बचत गर्न यो सूत्रले सिकाउँछ ।

यो सूत्रले तपाईको आर्थिक स्थिति सुरक्षित राख्न मद्दत गर्नुका साथै भविष्यमा कुनै पनि वित्तीय बोझ नपर्ने संकेत गराउँदछ ।  

२० वर्ष वा सो भन्दा कम अवधिको लोन

घर किन्दा ऋणको अवधि (लोन पिरियड)निकै महत्वपूर्ण हुन्छ । यदि तपाईको वार्षिक आम्दानी १५ लाख रुपैयाँ छ भने तपाईले ७५ लाख रुपैयाँभन्दा महँगो घर किन्नु हुँदैन ।  

५–२०–३०–४० सूत्रमा २० को अर्थ तपाईले २० वर्ष वा सोभन्दा कम अवधिको ऋण लिनुपर्नेछ । यसले गर्दा तपाईलाई थप ब्याजको बोझ पर्दैन र छिट्टै ऋणमुक्त हुन सकिन्छ ।  

यदि लामो समयका लागि ऋण लिनुहुन्छ भने ब्याज पनि धेरै तिर्नुपर्ने हुन्छ, जसले गर्दा तपाईको वित्तीय योजना प्रभावित हुन सक्छ । त्यसैले, सहि योजना बनाएर मात्रै छोटो अवधिका लागि लोन लिंदा उपयुक्त हुन सक्छ ।  

ईएमआईको सहि योजना  

घर किन्ने सोचमा हुनुहुन्छ भने इएमआईको पनि सहि योजना हुनुपर्दछ । ३० प्रतिशतको नियम भन्छ कि तपाईको मासिक आम्दानीको ३० प्रतिशत भन्दा बढी इएमआई हुनुहुँदैन ।  

यदि तपाईको मासिक आम्दानी एक लाख रुपैयाँ छ भने तपाईको इएमआई ३० हजार वो सो भन्दा कम हुनुपर्नेछ । यसले गर्दा अन्य आवश्यक खर्चहरुमा कुनै असर पर्दैन ।  

यदि धेरै इएमआई तिर्ने अवस्था आएमा मासिक बजेट नै गडबढ हुन सक्छ र आर्थिक दबाब बढ्न सक्छ जसले गर्दा तपाईलाई आर्थिक अवस्थाले उल्टै पिरोल्न सक्दछ ।  

४० प्रतिशत डाउन पेमेन्ट  

डाउन पेमेन्टको सही योजना बनाएमा मात्रै घर किन्दा आर्थिक अवस्था सहज हुन सक्दछ । सूत्रानुसार ४० प्रतिशतको नियम भन्छ कि खरिद गर्न लागेको घरको कुल मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट उपयुक्त हुन्छ ।

यदि तपाईको सपनाको घरको मूल्य ६० लाख रुपैयाँ छ भने तपाईले २४ लाख रुपैयाँ डाउन पेमेन्ट तिर्नुपर्छ । यसले गर्दा लोनको रकम कम हुनेछ र इएमआईको व्यवस्थापन गर्न समेत सजिलो हुनेछ । साथै ब्याजदको बोझ समेत घट्नेछ ।

–एजेन्सीको सहयोगमा

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.