शनिबार, श्रावण ३०,२०८३ 02:23:36
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 02:23:36
Bizshala
Global IME Bank Limited

नेपालको आर्थिक वृद्धिदर ४.४% रहने अनुमान

Prabhu Bank Limited
नेपालको आर्थिक वृद्धिदर ४.४% रहने अनुमान
New Office

काठमाण्डौ । एशियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक( २०२५’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  

यस्तै एसिया क्षेत्रको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एशिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ ।

CG Motors

अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडिबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर ४.९ प्रतिशत र सन् २०२६ मा ४.७ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।

त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा २.३ र सन् २०२६ मा २.२ प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा एशिया क्षेत्रको मुद्रास्फीति २.६ प्रतिशत थियो ।

नेपालको मुद्रास्फीति भने सन् २०२५ मा ५.२ प्रतिशत र सन् २०२६ मा ५ प्रतिशत रहने अनुमान गरिएको छ । गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडिबीले जनाएको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.