शनिबार, श्रावण ३०,२०८३ 05:50:20
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 05:50:20
Bizshala
Global IME Bank Limited

निर्जीवन बीमकको व्यापारमा ३२% हिस्सा ओगटेको मोटर बीमा व्यवसाय घट्यो

Prabhu Bank Limited
निर्जीवन बीमकको व्यापारमा ३२% हिस्सा ओगटेको मोटर बीमा व्यवसाय घट्यो
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुमा सर्वाधिक व्यवसाय भित्रिने मोटर बीमा व्यवसाय घट्न पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा निर्जीवन बीमा कम्पनीको कुल व्यवसायमा मोटर बीमाले ३२.४८ प्रतिशत व्यवसाय ओगटेको छ ।  

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय चलायमान बनाउने मोटर बीमा गत वर्षको तुलनामा ३.२० प्रतिशत घट्न पुगेको हो । माघ महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेख मार्फत ७ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

गत वर्षको यसै अवधिसम्म मोटर बीमामार्फत कम्पनीहरुले ७ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । हाल निर्जीवन बीमा कम्पनीहरुले ८ वटा बीमालेखमार्फत व्यवसाय गरिरहेका छन् ।  

CG Motors

चालु आवको ७ महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनीले ८ वटा बीमालेख बिक्री गरी कुल २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संलकन गरेका छन् । जसमध्ये सबैभन्दा बढी मोटर बीमालेखबाट मात्रै ७ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।  

त्यस्तै, सम्पत्ति बीमालेखबाट ५ अर्ब ५० करोड, इन्जिनियरिङ तथा ठेक्का सम्पूर्ण जोखिम बीमालेखमार्फत ३ अर्ब २० करोड, विविध बीमालेखमार्फत २ अर्ब ६७ करोड, हवाई बीमालेखबाट १ अर्ब ४० करोड, सामून्द्रिक बीमालेखमार्फत १ अर्ब १८ करोड, कृषि तथा बाली बीमालेखमार्फत १ अर्ब १० करोड र लघुबीमालेखमार्फत ८ करोड २३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।  

गत वर्षको तुलनामा ८ बीमालेखमध्ये मोटर, इन्जिनियरिङ तथा ठेक्का जोखिम, सामून्द्रिक र कृषि तथा बाली बीमालेखमार्फत संकलन हुने बीमाशुल्क घटेको छ भने सम्पत्ति, विविध, हवाई र लघुबीमा भने बृद्धि भएको छ ।

पछिल्लो समय आर्थिक मन्दीका कारण मोटर व्यवसायमा सुधार नआउँदा मोटर बीमालेखमार्फत हुने बीमाशुल्क घट्न पुगेको बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।  

साथै सरकारले कृषि बीमामा छुट्याएको अनुदान दिन नसक्दा यस्तो प्रत्यक्ष असर कृषकहरुमा पर्न गई कृषि तथा बाली बीमा पनि घट्दै गएको उनले बताए ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.