मंगलवार, असार १७,२०८२ 02:25:40
  • मंगलवार, असार १७,२०८२ 02:25:40
Global IME Bank Limited

पञ्चकन्या समूहद्वारा रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

Hyundai Nepal
पञ्चकन्या समूहद्वारा रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना
Nabil Bank Limited

काठमाण्डौ । पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवास्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको छ ।  

यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका डा. उज्वल चालिसेको नेतृत्वमा, सिद्धार्थनगर सिटी अस्पतालको टोलीसँगै, शिविरमा स्तन क्यान्सर जाँच र सामान्य स्वास्थ्य परिक्षण सहित आवश्यक स्क्रिनिङहरू प्रदान गरिएको थियो । कार्यक्रमले क्यान्सर रोकथाम र प्रारम्भिक पहिचानको महत्वको बारेमा जागरूकता बढाउनमा पनि केन्द्रित रहने अपेक्षा कम्पनीले गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

पाँचदेखि नब्बे वर्ष उमेरका ४३३ महिला र ४४ पुरुषले शिविरबाट लाभ प्राप्त गरेकोमा २०३ वटा स्तन स्क्रिनिङ र ७१ वटा सामान्य स्वास्थ्य जाँचहरू समावेश भएका थिए । यस जाँचका क्रममा एक जना व्यक्तिलाई क्यान्सर भएको पत्ता लागेको थियो र सोको तुरुन्तै उपचारका साथै निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । जसमा १९ जनामा लक्षणहरू देखा परेका थिए र थप प्रयोगशाला रिपोर्टहरूको पर्खाइमा रहेको कम्पनीले जनाएको छ ।  

यस शिविरबाट लगभग ९५ प्रतिशत सहभागीहरूले निःशुल्क औषधि प्राप्त गरेको तथ्यांक कम्पनीले सार्वजनिक गरेको छ ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य पहलहरूप्रतिको समर्पणलाई यस शिविरले पुनः पुष्टि गरेको बताएका छन । त्यस्तै तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खान र श्रम कार्यालयका कार्यवाहक प्रमुख ऋषि राम पन्थी लगायत स्थानीय समाजसेबीहरुले कम्पनीले नाफाभन्दा सामुदायिक स्वास्थ्यलाई प्राथमिकता दिने पहलको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.