Bizshala
  • बुधबार, पुष ३०,२०८२ 10:02:41
Bizshala
Global IME Bank Limited

अमेरिकी ट्यारिफका कारण विकासशील देशहरुमा भयावह प्रभाव पर्ने राष्ट्र संघको चेतावनी

Hyundai Nepal
अमेरिकी ट्यारिफका कारण विकासशील देशहरुमा भयावह प्रभाव पर्ने राष्ट्र संघको चेतावनी
Shivam Cement

काठमाण्डौ । संयुक्त राष्ट्र संघले अमेरिकी ट्यारिफ नीतिका कारण विकासशील देशहरुमा भयावह प्रभाव पर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघको व्यापार एजेन्सी,‘इन्टरनेशनल ट्रेड सेन्टर(आईटीसी)का निर्देशकले यस्तो चेतावनी दिएको हो ।  

सेन्टरका निर्देशक पमेला कोक ह्यामिल्टनले अमेरिकी राष्ट्रपतिले विभिन्न देशहरुमाथि लगाएको ट्यारिफ र वैदेशिक सहायतामा कटौतीका कारण विकासशील देशहरुको आर्थिक अवस्थामा खस्किने चेतावनी दिए । ‘

सेन्टरले ट्यारिफका कारण विश्वको व्यापार ३–७ प्रतिशतले खुम्चिने र विश्वको जीडीपी ०.७ प्रतिशतले घट्ने जनाएको छ । यस क्रममा सबैभन्दा धेरै विकासशील देशहरु प्रभावित हुने जनाइएको छ ।  

CG Motors
Bizshala
Garima Development Bank

‘यदि चीन र अमेरिकाबीचको व्यापार संकट बढ्दै जान्छ भने यसले यी देशहरुबीचको व्यापारमा ८० प्रतिशतको गिरावट आउनेछ । जसको प्रभाव भयावह हुन सक्छ,’ह्यामिल्टनले भने ।  

शुक्रबार विश्व विश्वबजार संकटग्रस्त देखिएको छ । ट्रम्पले यो साता चीनबाहेक विभिन्न देशहरुमाथि लगाएको ट्यारिफ ९० दिनका लागि स्थगित गरेका थिए । बिहिबार ट्रम्पले लगाएको अतिरिक्त ट्यारिफको प्रतिउत्तरमा चीनले पनि आज अमेरिकालाई ट्यारिफ थप्दै १भ्२५ प्रतिशत पुर्याएको छ ।  

यससँगै यी दुई शक्ति राष्ट्रबीचको व्यापार युद्ध उत्कर्षमा पुगेको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

ह्यामिल्टनले वैदेशिक सहयात रोकिनु भन्दा विकासशील देशहरुमा ट्यारिफको प्रभाव बढी देखिने दाबी गरेका छन् ।  

विश्वका सबैभन्दा कम विकसीत देशहरु जस्तै लेसेथो, क्याम्बोडिया, लाओस,माडागास्कर र म्यानमार जस्ता देशहरुले अमेरिकासँगको व्यापार घाटालाई कम गर्न क्षेत्रियगत व्यापार सम्बन्धमा जोड दिनुपर्ने आईटीसीले जनाएको छ ।  

विश्वकै सबैभन्दा ठूलो टेक्स्टाइल निर्यातकर्ता बंगलादेशले सन् २०२९ सम्म अमेरिकासँग वार्षिक ३.३ अर्ब डलर घाटा व्यहोर्नु पर्ने जनाइएको छ ।     

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.