बिहीबार, असार ११,२०८३ 07:50:31
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:50:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट

Laxmi Sunrise Bank Limited
गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बन्न थप बाधा उत्पन्न भएको छ । उनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।  

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

यसअघि गत २ वैशाखमा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिट अन्तरिम आदेश जारी गर्दै ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन सर्वोच्चले भनेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरित डा। भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको पुरक रिट निवेदनमा दाबी गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, कानुनको बाटोबाट योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा गैर कानुनी बाटोबाट नेताहरुको सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने दावी पनि रिटमा गरिएको छ ।  

भट्टविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेशको छलफल आइतबारका लागि तोकिएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.