आईतवार, असार १४,२०८३ 09:15:05
Bizshala
  • आईतवार, असार १४,२०८३ 09:15:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मल्टिपल डीपी माग गर्दै ब्रोकर, आलटाल गर्दै धितोपत्र बोर्ड !

Laxmi Sunrise Bank Limited
मल्टिपल डीपी माग गर्दै ब्रोकर, आलटाल गर्दै धितोपत्र बोर्ड !

काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले मल्टिपल डीपीको माग राखेको लामो समय बितिसकेको छ । तर धितोपत्र बोर्डले भने लामो समयदेखि यस विषयलाई आलटाल गर्दै आएको छ ।

स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले यस विषयमा धितोपत्र बोर्डमा आफूहरुले पहल गरेको बताए । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले यस विषयमा हालसम्म कुनै निर्णय नभएको जानकारी दिए ।  

New Office
CG Motors
Garima Development Bank

खासगरि, लगानीकर्ताहरुले करोेडौको सेयर किनेर अर्को ब्रोकरमार्फत सेयर बेच्न थाले पछि ब्रोकरहरुले मल्टिपल डीपीको माग राख्दै आएका छन् । अध्यक्ष ढकालका अनुुसार हाल ब्रोकरहरुले विश्वासको आधारमा लगानीकर्ताहरुलाई करोडौसम्म कोल्याट्रल दिएका छन् । उनले उदाहरण दिँदै भने, ‘यदि कसैले २५ लाख रुपैयाँ ब्रोकरलाई दिएमा ब्रोकरले विश्वासको आधारमा एक करोडसम्म कोल्याट्रल दिनसक्छ । तर बाहिरको डीपी भएको खण्डमा किनेको सेयर दोस्रो ब्रोकर वा डीपीमा जाने गर्छ । पहिलो ब्रोकरमा पैसा नतिरी लगानीकर्ताले दोस्रो ब्रोकरबाट सेयर बेचेर लगानीकर्ता सम्पर्कविहिन हुने प्रवृत्ति बढेपछि हामीले मल्टिपल डीपीको माग राखेका हौं ।’  

हाल सेयर बजारमा लगानीकर्ताले २५ प्रतिशत ग्यारेन्टि राखेर शतप्रतिशत सेयर किन्ने प्रचलन रहेको छ । तर लगानीकर्ताले बाँकी पैसा नतिरिकन दोस्रो ब्रोकरबाट सेयर बेच्न थाले पछि ब्रोकरहरुलाई यस्तो समस्या पर्न थालेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल सेयर बजारमा एक ब्रोकरबाट सेयर किनेर बीओ -टु- बीओ गर्ने तथा दोस्रो ब्रोकरबाट सेयर बेच्ने प्रचलन बढ्दै गएको ब्रोकरहरुले गुनासो गर्दै आएका छन् । हाल एक लगानीकर्ताले २ वटा मात्रै डीपी खोल्न मिल्ने व्यबस्था रहेको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले हालको व्यवस्थालाई परिमार्जन गरेर लगानीकर्ताहरुले मल्टिपल डीपी खोल्न पाउनु पर्ने माग राखेको बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.