बुधबार, माघ १४,२०८२ 08:25:11
Bizshala
  • बुधबार, माघ १४,२०८२ 08:25:11
Bizshala
Global IME Bank Limited
Bizshala

बढ्यो भारतको संकटः भारतीय हवाई कम्पनीहरुलाई पाकिस्तानको हवाईमार्ग प्रयोगमा रोक

बढ्यो भारतको संकटः भारतीय हवाई कम्पनीहरुलाई पाकिस्तानको हवाईमार्ग प्रयोगमा रोक
Shivam Cement

काठमाण्डौ । भारत पाकिस्तान विवादबीच पाकिस्तानले भारतलाई हवाईमार्गका लागि आफ्नो आकाश प्रयोग गर्न नदिने घोषणा गरेको छ । पाकिस्तानले तत्कालै भारतका सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गरेको हो ।

पाकिस्तानले भारतसँगको व्यापार पनि बन्द गरेको छ । यसमा अन्य देशहरूमा जाने वा त्यहाँबाट पाकिस्तान हुँदै आउने सामानहरू पनि समावेश छन्।

पाकिस्तानले हवाई क्षेत्र बन्द गरेपछि भारतीय उड्डयन कम्पनीहरूमा नकारात्मक असर पर्नेछ । यसले उनीहरूको सञ्चालन लागत बढाउनेछ। जसका कारण टिकटको भाउ बढ्ने सम्भावना छ । यात्रुले लामो समय यात्रा गर्नुपर्नेछ । लामो दुरीका अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरु सबैभन्दा बढी प्रभावित हुने छन् ।

भारतीय विमानहरूले अब युरोप, उत्तर अमेरिका र मध्यपूर्व जस्ता गन्तव्यहरूमा पुग्न लामो दूरीको यात्रा गर्नुपर्नेछ। भारतीय हवाई कम्पनीहरुले पश्चिममा यात्रा गर्दा पाकिस्तानको हवाई क्षेत्र बीचमा पर्छ। यसलाई बाइपास गर्दा उडानको दूरी र समय बढ्छ। लामो रुटको अर्थ विमानहरूले बढी इन्धन बोक्नुपर्छ। यसले इन्धनको लागत बढाउनेछ । एयरलाइन्सका लागि इन्धन ठूलो खर्च हो । यस्तो अवस्थामा यसले उनीहरूको नाफामा ठूलो असर पार्ने प्रष्टै देखिन्छ।

Bizshala
Garima Development Bank
New Office

उडान समय बढाउँदा चालक दलको घण्टा र अन्य सञ्चालन लागतहरू पनि बढ्न सक्छ। सञ्चालन लागत बढेपछि एयरलाइन्स कम्पनीहरुले टिकटको मूल्य बढाउन सक्छन् ।  

यसले यात्रुलाई हवाई यात्रा महँगो बनाउने छ । लामो उडान समयका कारण यात्रुको यात्रा समय बढ्नेछ । यसले विशेष गरी लामो दूरीको यात्रा गर्नेहरूलाई असुविधा बढाउने जनाइएको छ । मार्ग परिवर्तन र एयरस्पेस बन्द हुने अनिश्चितताले उडानहरूमा ढिलाइ र अन्य अवरोधहरू निम्त्याउन सक्छ।

धेरै लामो दूरीका अन्तर्राष्ट्रिय उडानहरू पाकिस्तानी हवाई क्षेत्रबाट गुज्र्रने एयर इन्डिया यो निर्णयबाट सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । कम्पनीले केही उडानका लागि वैकल्पिक रुट अपनाउने घोषणा गरिसकेको छ । मध्यपूर्व र अन्य पश्चिमी गन्तव्यहरूमा इन्डिगो, स्पाइसजेट र अन्य निजी एयरलाइन्सका उडानहरू पनि प्रभावित हुनेछन्।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यसले उनीहरूको सञ्चालन लागत बढाउनेछ।  फेब्रुअरी २०१९ मा पुलवामा हमला र बालाकोटमा भएको हवाई हमलापछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो। त्यसपछि भारतीय उड्डयन कम्पनीहरूले करिब ५४० करोड भारु घाटा व्यहोरेका थिए । यसपटक पनि लामो समय हवाई क्षेत्र बन्द भएमा भारतीय हवाई कम्पनीहरुले ठूलो आर्थिक क्षति हुने सम्भावना छ । विशेष गरी सन् २०१९ को तुलनामा २०२५ मा भारतीय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्चालनमा उल्लेख्य वृद्धि भएको छ ।

पहलगाम आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । दुवै देशले एकअर्काविरुद्ध धेरै कडा कदम चालेका छन्। जसका कारण दुई देशबीचको सम्बन्ध थप चिसिएको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

युवराज सफल पक्राउ

14 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.