काठमाण्डौ । जापानको सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सोमबार जापानको निक्की२२५, ४० हजार विन्दु माथि पुगेको हो ।
यो उचाई जापानको सेयर बजारको इ्रतिहासमा अहिले सम्मकै उच्च हो । यसअघि सन् १९८९ को उच्च विन्दु तोड्दै ३९ हजार ०९८.६८ विन्दु चुमेको केहि दिन नबित्दै जापानको सेयर बजारले नयाँ उचाई हासिल गरेको हो ।
सोमबार निक्की २२५ ०.५ प्रतिशतले वृद्धि भएको छ । कर्पोरेट कम्पनीहरुको आम्दानीमा आएको वृद्धि र जापानी येन कमजोर बन्दा निर्यात र वैदेशिक लगानी भित्रदा जापानको सेयर बजारमा वृद्धि देखिएको हो । चीनको सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्ताले जापानको बजारलाई लगानीको विकल्पको रुपमा हेर्न थालेका छन् ।
‘हामीले जापानको सेयर बजार सन् २०२३ देखि २०३० को बीचमा विश्वकै अग्रेणाी सेयर बजारको रुपमा हेरेका छौ ।’ गत आइतबार जेफ्ररी एनालिष्टको प्रतिवेदनमा उल्लेख गरिएको थियो । ‘जापानको सेयर बजारमा बहार फर्किएको छ ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो वर्ष मात्रै निक्कीमा २० प्रतिशतको उछाल आईसकेको छ । यो वृद्धिसँगै जापानको सेयर बजार विश्वकै राम्रो प्रदर्शन गरिरहेको सेयर बजारको रुपमा उभिएको छ । -एजेन्सी