बिहीबार, आश्विन १५,२०८३ 01:15:38
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 01:15:38
Bizshala
Global IME Bank Limited

आईपीओ स्वीकृतिमा ठूलो फेरबदल, कर्मचारीको टेबलबाट सिस्टममा जाँदै फाइल !

Bizshala
आईपीओ स्वीकृतिमा ठूलो फेरबदल, कर्मचारीको टेबलबाट सिस्टममा जाँदै फाइल !
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासन स्वीकृतिको प्रक्रियालाई पारदर्शी, स्वचालित र छिटो बनाउन डिजिटल प्रणाली लागू गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेस’ (एसओपी) तयार गरिसकेको छ ।  

सेबोनका अनुसार नयाँ प्रणाली लागू भएपछि आईपीओ स्वीकृतिसँग सम्बन्धित अधिकांश प्रक्रिया डिजिटल माध्यमबाटै अघि बढ्नेछ । आवेदन दर्तादेखि आवश्यक कागजातको परीक्षण, विवरण अद्यावधिक, वित्तीय अवस्थाको मूल्याङ्कन र स्वीकृतिसम्मका प्रक्रिया क्रमशः प्रणालीमार्फत ट्र्याक हुनेछन् ।  

बोर्डले आईपीओ स्वीकृतिका लागि एसओपी तयार भइसकेको र त्यसलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने काम भइरहेको जनाएको छ ।  

बोर्डका अनुसार एसओपी सञ्चालक समितिबाट स्वीकृति पाएपछि नयाँ प्रक्रिया लागू हुनेछ । साथै आईपीओ स्वीकृतिको प्रणाली सुधारका लागि दुईवटा काम समानान्तर रूपमा भइरहेको बोर्डले् जनाएको छ । पहिलो, एसओपी तयार गरिएको छ भने दोस्रो, त्यसलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने काम भइरहेको छ ।  

नयाँ प्रणाली लागू भएपछि कुनै कम्पनीको फाइल कर्मचारीको तहमा अनावश्यक रूपमा रोकिएर बस्ने अवस्था कम हुने सेबोनको अपेक्षा छ । आवश्यक सर्त पूरा भएका आवेदन प्रणालीमै अगाडि बढ्दै स्वीकृतिको प्रक्रियामा प्रवेश गर्ने व्यवस्था मिलाइँदैछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कागजी प्रक्रियाबाट सिस्टममा जाने तयारी  

हाल आईपीओ निष्कासन गर्न चाहने कम्पनीले मर्चेन्ट बैंकरमार्फत आवेदन सेबोनमा बुझाउनुपछै । त्यसपछि विवरण अद्यावधिक, अपुग कागजात थप गर्ने, वित्तीय विवरण परीक्षण गर्ने र अन्य नियामकीय जाँचका काम अघि बढ्छन् ।  

सेबोनले अब यही सम्पूर्ण प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न लागेको हो ।  बोर्डका अनुसार प्रणाली कार्यान्वयनमा आएपछि कागजी फाइलमा निर्भरता घट्नेछ र कुन आवेदन कुन चरणमा छ भन्ने अवस्था पनि स्पष्ट रूपमा ट्र्याक गर्न सकिनेछ ।  

सेबोनले नयाँ व्यवस्था लागू गर्ने अन्तिम तयारी भइरहेको र अबको केही दिनमै आईपीओ स्वीकृतिको काम अघि बढ्ने जनाएको छ ।  

११२ कम्पनी पाइपलाइनमा  

सेबोनमा हाल ११२ कम्पनी आईपीओ निष्कासनको स्वीकृति पर्खेर बसेका छन् ।    तीमध्ये केही कम्पनीले तीन वर्षअघि नै आवेदन दिएका भए पनि अहिलेसम्म स्वीकृति पाउन सकेका छैनन् ।  

बोर्डले पछिल्लो करिब ६ महिनादेखि कुनै पनि कम्पनीलाई नयाँ आईपीओ स्वीकृति दिएको छैन ।  

आईपीओ नियममै व्यापक फेरबदलको तयारी  

सेबोनले आईपीओ स्वीकृति प्रक्रियाको डिजिटाइजेसनसँगै धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियममा समेत व्यापक संशोधन गर्ने तयारी गरेको छ ।  

प्राथमिक बजार सुधार समितिमा छलफल गर्दै आईपीओ निष्कासनसम्बन्धी विभिन्न कानुनी व्यवस्था परिमार्जन गर्ने काम भइरहेको सेबोनले जनाएको छ ।  

यसैअन्तर्गत सार्वजनिक निष्कासनमा आउने कम्पनीका लागि छुट्टै ‘योग्यता सम्बन्धी निर्देशिका’ तयार गरिएको छ । निर्देशिकामार्फत आईपीओ जारी गर्न चाहने कम्पनीका लागि निश्चित योग्यता मापदण्ड तोक्ने तयारी गरिएको हो ।  

नेटवर्थको प्रस्तावमा विवाद  

 सार्वजनिक निष्कासनसम्बन्धी योग्यता निर्देशिकाको मस्यौदामा सेबोनले कम्पनीको नेटवर्थसम्बन्धी नयाँ सीमा प्रस्ताव गरेको छ ।  

मस्यौदाअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने कम्पनीको प्रतिसेयर नेटवर्थ पनि कम्तीमा १०० रुपैयाँभन्दा माथि हुनुपर्ने प्रस्ताव गरिएको छ । तर यो व्यवस्थाले विशेषगरी जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटनलगायत क्षेत्रमा विवाद निम्त्याएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.