बिहीबार, बैशाख ३,२०८३ 09:34:28
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 09:34:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ८०% ले घट्दै ४.८१ लाखमा खुम्चियो, ईपीएस जम्मा ०.०९ रुपैयाँ

Bizshala
नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ८०% ले घट्दै ४.८१ लाखमा खुम्चियो, ईपीएस जम्मा ०.०९ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ८०.०८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ लाख ८१ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २४ लाख १५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ । कम्पनीले ५ करोड ४६ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६०५.७४ प्रतिशतले बढी हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको कुल आम्दानी पनि १३०.७५ प्रतिशतले बढेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवसम्म ४ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यसरी कम्पनीको कुल खर्च १४६.२९ प्रतिशतले वृद्धि भएको छ । यस्तै कम्पनीको दाबी भुक्तानी पनि ४१ लाखबाट बढेर २ करोड ५१ लाख पुगेको छ ।  

कम्पनीको महाविपत्ती कोषको आकार २ लाख ६७ हजार र रिटेन्ड अर्निङको आकार २२ लाख ८ हजार रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

समीक्षा अवधिसम्म कम्पनीले ८० हजार ६०२ वटा बीमा पोलिसी जारी गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.०९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५ हजार १६९ गुणा र तरलता अनुपात १९१ प्रतिशत कायम भएको छ ।   

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.