जम्मू, २५ वैशाख २०८२ - पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोन हमला गरेको छ। पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेशनलाई निशाना बनाएका थिए। भारतीय एस-४०० मिसाइलहरूले सबै पाकिस्तानी ड्रोनहरू खसालेका छन्।
यसैबीच, जम्मूमा राति ८ बजेदेखि ब्ल्याकआउट लागू गरिएको छ। पाकिस्तानतर्फबाट आरएसपुरा सेक्टरमा भारी गोलाबारी भइरहेको छ। स्थानीय बासिन्दाहरूले धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको बताएका छन्।
राजस्थानको जैसलमेरमा पनि पाकिस्तानले ड्रोन हमला गरेको छ। जम्मूसँगै जोडिएको क्षेत्रमा पाकिस्तानको एफ-१६ लडाकु विमान खसालिएको छ। राजस्थानका सबै सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट लागू गरिएको छ। पंजाब, जम्मू-कश्मीर र राजस्थान उच्च सतर्कतामा छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।