शनिबार, असार १४,२०८२ 04:06:54
  • शनिबार, असार १४,२०८२ 04:06:54
Global IME Bank Limited

अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना बढ्यो, रास्वपाको बटमलाइन गृह

Hyundai Nepal
अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना बढ्यो, रास्वपाको बटमलाइन गृह
Nabil Bank Limited

काठमाण्डौ । राजनीतिक घटनाक्रम यसरी विकास भइरहेको छ कि ठूलो ट्वीस्ट नआए अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेलको सम्भावना बढेको छ ।  

रवि लामिछाने नेतृत्वको राष्टिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि गृहमन्त्रालयलाई आफ्नो बटमलाइन बनाएसँगै अर्थमन्त्रालय नेकपा एमालेको भागमा पर्ने अवस्था बनेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो दलले सरकारमा सहभागिताका लागि गृहमन्त्रालयलाई बटमलाइन बनाएको प्रष्ट पारेका छन् । उनले भनेका छन् - 'यत्रो जोखिम मोलेर पुराना दलहरुसँग सहकार्य गरिरहेका छौं । गृहसहित उपप्रधानमन्त्री पनि नलिए सरकारमा जानुको अर्थ रहन्न । गृहसहित उपप्रधानमन्त्रीको रुपमा पार्टी सभापति रवि लामिछाने सरकारमा सहभागी बन्नुहुनेछ । गृहबाहेकका मन्त्रालयमा हामी मान्दैनौं ।'  

उनले रास्वपाले गृहसहित ४ वटा मन्त्रालयमा दाबी पेश गर्ने समेत प्रष्ट पारे ।  

मन्त्रालय बाँडफाँडलाई टुंगोमा पुर्याउन आज दिउँसो २ बजे सत्ता गठबन्धनबाट गठित चार सदस्यीय कार्यदलको बैठक बस्दैछ । कार्यदलमा रास्वपाबाट वाग्ले पनि सदस्य छन् ।  

सो कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन र जसपाबाट राजेन्द्र राई सदस्य छन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले गृहमा एमालेलाई सेट गरेर अर्थ मन्त्रालयमा वर्षमान पुनलाई ल्याउन चाहेका छन् । तर, दाहालको यो चाहना पूरा नहुने सम्भावना बढेको छ । किनभने दाहालले एमाले र रास्वपालाई सुरुमै चिढ्याउने साहस गर्न सक्दैनन् ।  

त्यसो त माओवादीलाई राष्ट्रियसभा अध्यक्ष समेत अन्य दलहरुले छाडिसकेका छन् । एमालेले राष्ट्रियसभा उपाध्यक्षमै चित्त बुझाइसकेको छ ।  

एमालेका एक सचिवालय सदस्यले प्रधानमन्त्री नै माओवादीलाई छाडिसकेपछि बाँकी मन्त्रालयमा अरु दललाई उसले रोज्न दिनुपर्ने आफूहरुको भनाई रहेको बताए । ती नेताले बिजशालासँग भने-'सरकारमा सहभागिताका लागि हाम्रो बटमलाइन नै त छैन । तर, अर्थमन्त्रालयमा हाम्रो स्वभाविक दाबी रहन्छ । गृहभन्दा अर्थ हाम्रो रोजाई हो ।'  

त्यसो त हिजो बिहानको एमालेको सचिवालय बैठकले समेत अर्थसहित उपप्रधानमन्त्रीको रुपमा पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । यसकारण समेत एमालेले अर्थमै जोड दिनेछ ।  

एकातिर रास्वपाले गृह नछाडेको अवस्थामा एमालेले स्वभाविक रुपमा अर्थ मन्त्रालय पाउनेछ । अर्थ एमालेको भागमा परेको खण्डमा उपप्रधानसहित अर्थमन्त्रालयको बागडोर सम्हाल्ने गरी विष्णु पौडेल सरकारमा जानेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.