काठमाण्डौ । बिट्क्वाइनले विश्व बजारमा बिहिबार नयाँ उचाई हासिल गरेको छ । क्वोइन मार्केट डटकमका अनुसार आज बिट्क्वाइनको मूल्य १ लाख ११ हजार अमेरिकी डलरमा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि बिट्क्वाइनको उच्च मूल्य १ लाख ८ डलर कायम थियो । यसरी बिट्क्वाइनको मूल्य बढ्नुको मूख्य कारण अन्तर्राष्ट्रिय बजारमा संस्थागत लगानीकर्ताहरुमा अमेरिकि क्रिप्टो नीतिप्रति विश्वास बढ्नु मुख्य कारण मानिएको छ । बुधबार बिश्वबजारमा सेयर बजारमा गिरावट आउँदा बिट्क्वाइनको मूल्यमा भने उछाल आएको हो ।
केही विश्लेषकहरुले बिट्क्वाइनको मूल्य १ लाख ६१ हजारसम्म पुग्न सक्ने दाबी समेत गरेका छन् ।