आईतवार, असार १५,२०८२ 07:02:03
  • आईतवार, असार १५,२०८२ 07:02:03
Global IME Bank Limited

सेयरबजारमा लगानी घटाउँदै हिमालयन रि इन्स्योरेन्स, निफ्रामा मात्रै कम्पनीको लगानी

Hyundai Nepal
सेयरबजारमा लगानी घटाउँदै हिमालयन रि इन्स्योरेन्स, निफ्रामा मात्रै कम्पनीको लगानी
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम विभिन्न क्षेत्रमा लगानीको दायरा बढाएको छ ।  

कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दती, अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सेयर र म्युचुअल फण्डहरुमा लगानी गरेको छ ।  

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरमा मात्रै लगानी गरेको छ । बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम सूचीकृत पब्लिक कम्पनीको सेयरमा कुल लगानीको १० प्रतिशत रकम लगानी गर्न पाउने व्यवस्था भएबमोजिम कम्पनीले गत आवमा निफ्राको सेयरमा मात्रै २ करोड ५३ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले १०० रुपैयाँ फेयर भ्यालु रहेको निफ्राको सेयर प्रतिकित्ता २२४ रुपैयाँका दरमा १ लाख १३ हजार २२ कित्ता सेयर खरिद गरी लगानी गरेको हो ।  

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सले म्युचुअल फण्डमा समेत लगानी गरेको छ । नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम कुल लगानीको ५ प्रतिशत रकम नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा लगानी गर्न पाउने व्यवस्था भएबमोजिम कम्पनीले ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड’को इकाईमा कुल ३ करोड ९९ लाख ६० हजार रुपैयाँ लगानी गरेको छ ।  

गत वर्ष सेयरबजारमा मात्रै कम्पनीले ६ करोड ५२ लाख ७६ हजार रुपैयाँ लगानी गरेको थियो ।  

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले सूचीकृत सेयरमा लगानी ३८ प्रतिशतले घटाएको छ । गत वर्षमा ६ करोड लगानी गरेको हिमालयन रि इन्स्योरेन्सले ले चालु आवको ६ महिनासम्म सेयरबजारमा ४ करोड ७२ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।  

बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानीको लागि थप सहज बनाईदिएपनि बीमकहरुले लगानीको दायरा बढाउन सकेका छैनन् । प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत कम्पनीको सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ, तर बीमा कम्पनीहरुले सेयरबजारमा लगानी बढाउन सकेका छैनन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.