आईतवार, श्रावण ३१,२०८३ 12:37:02
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 12:37:02
Bizshala
Global IME Bank Limited

टिभिएसको नयाँ जुपिटर–११० सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य

Prabhu Bank Limited
टिभिएसको नयाँ जुपिटर–११० सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य
New Office

काठमाण्डौ । दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनीको नयाँ टिभिएस जुपिटर–११० सार्वजनिक भएको छ । यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित छ ।

नयाँ टिभिएस जुपिटर–११० ले एक स्कूटर मात्र नभई शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन प्रस्तुत गर्ने एउटा पूर्ण सोचको प्रतिनिधित्व भएको कम्पनीले जनाएको छ ।  

टिभिएस जुपिटर–११० विश्वभरि ७० लाखभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जिल्दे, उनीहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ। १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरू सहितको यो नयाँ टेक– फ्रेन्ड्ली टिभिएस जुपिटर–११० नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो नयाँ टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर हो ।

टिभिएस जुपिटर–११० मा समावेश गरिएको सेग्मेन्टकै पहिलो वा उत्कृष्ट विशेषताहरूले सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउँछन् ।  

CG Motors

डुअल हेल्मेट अन्डर सिट स्टोरेज (सिट मुनि ३३ लीटर स्टोरेज), अगाडिबाट इन्धन भरिने सुविधा र फराकिलो फुटबोर्ड स्पेस सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजार्ड ल्याम्प र मेटल्म्याक्स बडी लामो सिटसहितको बडि ब्यालेन्स २.० प्रविधिले सवारी नियन्त्रण र आराममा सुधार फाइन्ड मि सुविधा, फलो मि हेडल्याम्प, र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने टिएसएल सुविधाटिभिएस स्मार्ट टिएम ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर – कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित डिस्टान्स टू इम्पिटी लगायतका धेरै विशेषताहरू – जसले सवारीलाई अझ सुविधाजनक, भरपर्दो र चिन्तारहित बनाउँछ ।

साहिल अग्रवाल र अखिल गुप्ता, जगदम्बा मोटर्सका प्रतिनिधिहरूले उद्घाटनमा भने, ‘टिभिएससँग हाम्रो सहकार्य मजबुत हुँदै गएको छ यो सहकार्य उच्च गुणस्तरीय उत्पादन र उत्कृष्ट ग्राहक सन्तुष्टिमा आधारित छ । नयाँ टिभिएस जुपिटर–११० मा सुरक्षादेखि लिएर सुविधा, प्रविधि र टिकाउपनमा नयाँ उचाइ दिएको छ । हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले यो स्कुटरलाई अत्यधिक मन पराउनेछन् ।’

नयाँ टिभिएस जुपिटर–११० को विवरणः

टिभिएस जुपिटर–११० प्रदर्शन र प्रविधि मा ११३.३सिसि सिंगल सिलिन्डर, ४–स्ट्रोक इन्जिनबाट सञ्चालित, ६५०० आरएमपीमा ५.९ किलोवाट पावर र ५००० आरएमपी मा आईजिओ एसिस्ट सहित ९.८ एनएम टर्क र आईजिओ एसिस्ट बिना ९.२ एमएम टर्क उत्पन्न गर्छ ।

इनफिनिटी ल्याम्प्ससहितको आकर्षक डिजाइन

नयाँ टिभिएस जुपिटर–११० इन्जिन र गो असिस्ट प्रविधिले १० प्रतिशत बढी माइलेज र अझ राम्रो पिक–अप सुनिश्चि गर्छ फ्रन्ट फ्युल फिल, लामो सिट, फराकिलो लेग स्पेस र बडी ब्यालेन्स टेक्नोलोजीले दिन्छ ।

यो स्कुटरको शुरुआती मूल्य २ लाख५७ हजार ९०० रुपैयाँ राखिएको छ । यो डिस एक्सआईएससी भेरियन्टमा सम्पूर्ण टिभिएस शोरूमहरूमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.