बिहीबार, बैशाख ३१,२०८३ 09:44:00
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:44:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

म्युचुअल फण्डको आईपीओमा छैन आकर्षणः ‘८–९ रुपैयाँमै फालाफाल छ, १० रुपैयाँ किन फसाउने ?’

Laxmi Sunrise Bank Limited
म्युचुअल फण्डको आईपीओमा छैन आकर्षणः ‘८–९ रुपैयाँमै फालाफाल छ, १० रुपैयाँ किन फसाउने ?’
Shivam Cement

काठमाण्डौ । लगानीकर्तामाझ म्युचुअल फण्डका स्किमहरुप्रतिको आकर्षण घट्दै गएको देखिएको छ ।  

विशेषगरी बन्दमुखी फण्डको आईपीओ बिक्रीमा पछिल्लो समय सकस देखिन थालेको हो ।  

पछिल्लो उदाहरणको रुपमा असार २२ गतेदेखि सार्वजनिक निश्कासन भएको ग्लोबल आईएमई समुन्नत योजना २ को आईपीओलाई लिन सकिन्छ । पुरानामध्येको एक ग्लोबल आईएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको बन्दमुखी यो योजनाका युनिट पहिलो चरणमा बिक्री हुन हम्मे हम्मे पर्ने देखिएको हो । यसले समेत आम सर्वसाधारण लगानीकर्ता बन्दमुखी फण्डका स्किमहरुको आईपीओ प्रतियूनिट १० रुपैयाँ लगानी गरेर खरीद गर्न विस्तारै अनिच्छुक हुँदै गएका देखाउँछ ।

Bizshala
New Office
CG Motors

ग्लोबल आईएमई क्यापिटलको पछिल्लो यो स्किममा पहिलो चरणमा आवेदन दिने म्याद एकदिन बाँकी रहँदा साढे ८ करोड हाराहारीको युनिट खरीदका लागि मात्र आवेदन परेको देखिएको हो । बुधबार पहिलो चरणमा आवेदन दिन पाउने अन्तिम दिन हो र यो दिनसम्म १० करोड २० लाख इकाई खरीदका लागि आवेदन पर्नुपर्नेछ ।  

यो क्यापिटलले बजारको बदलिँदो परिस्थिति बुझेरै कोषको आकारलाई १.२ अर्बमा सीमित गरेको थियो । तर, धेरै आवेदन परेको खण्डमा यसको आकार १.५ अर्बसम्म तन्काउन सकिन्थ्यो।  

मंगलबार अबेरसम्म आईपीओमा परेको आवेदनको विश्लेषण गर्दा १.२ अर्बको प्रारम्भिक आकार बराबरका यूनिटहरु बिक्रीमै हम्मे हम्मे पर्ने देखिन्छ । म्युचुअल फण्डहरुप्रति आकर्षण नभएकै कारण क्यापिटलको १.५० अर्बको आकार बनाउने योजना पहिलो चरणमा सफल नहुने संकेत मंगलबार साँझसम्म परेको आवेदन संख्या तथा माग भएको कुल इकाईले देखाएको छ ।  

किन घट्यो आकर्षण ?

म्युचुअल फण्डका व्यवस्थापकहरुले लगानीकर्ताहरुबाट साना साना लगानी संकलन गरेर एउटा फण्ड तयार गरी सेयर बजारमा लगानी गर्दै आएका छन् । सेयरको दोश्रो बजारको विषयमा पर्याप्त ज्ञान नभएका लगानीकर्ताहरुबाट सानो सानो पूँजी संकलन गरी आफूहरुले लगानी गर्ने र त्यहाँबाट कमाएर लगानीकर्तालाई रिटर्न दिने उद्देश्यले मर्चेन्ट बैंकहरुले यस्ता स्किमहरु ल्याउने गरेका छन् ।  

पछिल्लो समय सेयरको दोश्रो बजार उतारचढावपूर्ण देखिन्छ । बजार २६०० देखि २७०० को सेरोफेरोमै लामो समयदेखि घुमिरहेको छ । बजार भनेजसरी बढ्न नसक्दा त्यसमै लगानी केन्द्रीत गरेका अधिकांश म्युचुअल फण्डहरु घाटामा सञ्चालन भइरहेका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

कतिपय फण्डको व्यवस्थापन गरिरहेका कम्पनीका उच्च पदस्थमाथि त जनताको लगानी संकलन गरेर फण्ड सञ्चालन गर्ने र दोश्रो बजारमा आफूले किनेको सेयरमा घाटा लाग्ने अवस्था हुँदा कर्मचारीहरुले म्युचुअल फण्डहरुलाई आफूसँग भएको सेयर भिडाउने गरेका संगीन आरोपहरु पनि लाग्ने गरेका छन् । जसका कारण बजार विश्लेषण र विज्ञहरु समेतलाई राखेर फण्डको व्यवस्थापन गर्ने मर्चेन्ट बैंकहरुबाट सञ्चालित विभिन्न स्किमहरु नै घाटामा चलिरहेका छन् । जसको सोझो प्रभाव ती स्किमहरुको दोश्रो बजार मूल्यमा समेत देखिएको छ । यस्ता स्किम निरन्तर घाटामा जाँदा सर्वसाधारण लगानीकर्ताले रिटर्न पाउने अवस्था बन्दैन ।  

मंगलबार(असार २४ गते)को कारोबार समयपछिको अन्तिम बजार मूल्यलाई आधार मानेर हेर्ने हो भने प्रतिइकाई १० रुपैयाँमा निश्कासन हुने यस्ता फण्डका इकाई बिक्री नहुने कारण देख्न सकिन्छ । त्यो भनेको मंगलबार १९ वटा बन्दमुखी म्युचुअल फण्डको दोश्रो बजार मूल्य आईपीओ मूल्यभन्दा पनि कममा झरेको छ । ती १९ मध्ये ३ वटाको दोश्रो बजार कारोबार मूल्य ८ रुपैयाँको लाइनमा झरिसकेको छ ।  

यहीकारण सामाजिक सञ्जालहरुमा सेयर बजारको विषयमा बुझेका लगानीकर्ताहरुले प्रश्नहरु गरिरहेका छन् ः दोश्रो बजारमै ८–९ रुपैयाँमा बन्दमुखी म्युचुअल फण्डका स्किमहरु फालाफाल भइरहेको बेला आईपीओको नाममा १० रुपैयाँ किन लगाउनु ?

मंगलबारको अन्तिम कारोबारका आधारमा प्रति इकाई १० रुपैयाँभन्दा कम मूल्य रहेका बन्दमुखी म्युचुअल फण्डका स्किमहरुको सूची टेबलमा हेर्नुहोस् :

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.