Bizshala
  • बुधबार, जेष्ठ २०,२०८३ 11:17:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्थानीयलाई जारी माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड

Laxmi Sunrise Bank Limited
स्थानीयलाई जारी माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड
Shivam Cement

काठमाण्डौ । सोलुखुम्बुस्थित माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज बिहान उक्त आईपीओ बाँडफाँड प्रक्रिया पूरा गरेको हो।

कम्पनीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका का स्थानीयका लागि कुल ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा अति प्रभावित र प्रभावित वर्गलाई छुट्टाछुट्टै प्राथमिकतामा बाँडफाँड गरिएको छ।

Bizshala
New Office
CG Motors

अति प्रभावित वर्गतर्फ १५० कित्तासम्म आवेदन दिने लगानीकर्ताले मागअनुसार नै सेयर प्राप्त गरेका छन्। त्यसभन्दा बढी आवेदन दिनेले पनि १५० कित्ता नै पाएका छन्। साथै, गोलाप्रथामार्फत २९२ जनाले थप १० कित्ता सेयर प्राप्त गरेका छन्, जसअनुसार यस वर्गमा अधिकतम १६० कित्तासम्म सेयर परेको देखिन्छ।

त्यस्तै प्रभावित वर्गमा ६० कित्तासम्म आवेदन दिनेले मागअनुसार नै सेयर पाएका छन् भने बढी आवेदन दिनेले पनि ६० कित्ता नै प्राप्त गरेका छन्। गोलाप्रथाबाट १ हजार ७७७ जनाले थप १० कित्ता पाएपछि यस समूहमा अधिकतम ७० कित्तासम्म सेयर परेको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

स्थानीय बाँडफाँड सम्पन्न भएपछि कम्पनी अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारीमा छ। कम्पनीले गत वैशाख १७ गतेदेखि वैशाख ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.