काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल २४ लाख ६६ हजार ३६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ५४ लाख ८५ हजार ७५१ कित्ता पुगेको छ ।
उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।