बुधबार, बैशाख २,२०८३ 01:19:48
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 01:19:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको अटोमोबाइल निर्यातमा ऐतिहासिक उछाल, पहिलो त्रैमासमै २२% वृद्धि

Bizshala
भारतको अटोमोबाइल निर्यातमा ऐतिहासिक उछाल, पहिलो त्रैमासमै २२% वृद्धि
Shivam Cement

नयाँदिल्ली । भारतको अटोमोबाइल क्षेत्रले चालु आर्थिक वर्षको पहिलो त्रैमास (अप्रिल–जुन, २०२५) मा ऐतिहासिक सफलता हासिल गरेको छ। सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (SIAM) ले सार्वजनिक गरेको तथ्यांक अनुसार, यो अवधिमा भारतको अटोमोबाइल निर्यातमा अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ।

SIAM का अनुसार, २०२५-२६ को पहिलो त्रैमासमा भारतले विभिन्न श्रेणीका कुल १४ लाख ५७ हजार ४६१ एकाइ सवारीसाधन निर्यात गरेको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिमा भएको ११ लाख ९२ हजार ५६६ एकाइको तुलनामा २२ प्रतिशतले बढी हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यात्री सवारीसाधनमा रेकर्ड शिपमेन्ट

अप्रिल–जुन त्रैमासमा भारतले २ लाख ४ हजार ३३० एकाइ यात्री सवारीसाधन निर्यात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ लाख ८० हजार ४८३ एकाइको तुलनामा १३ प्रतिशतले वृद्धि हो। यो संख्या अहिले सम्मकै सबैभन्दा धेरै हो।

दुईपांग्रे, तिपहिया र व्यावसायिक सवारी निर्यातमा पनि उल्लेखनीय वृद्धि

-दुईपांग्रे सवारीसाधन: २३ प्रतिशतले बढ्दै ११ लाख ३६ हजार ९४२ एकाइ पुग्यो (पिछला वर्ष: ९ लाख २३ हजार १४८)

तीनपांग्रे सवारीसाधन: ३४ प्रतिशतको तीव्र वृद्धिसहित ९५ हजार ७९६ एकाइ

व्यावसायिक सवारीसाधन: २३ प्रतिशतले वृद्धि भई १९ हजार ४२७ एकाइ

CG Motors
Garima Development Bank
IME remit

अन्तर्राष्ट्रिय बजारमा स्थिर मागको योगदान

SIAM ले यो वृद्धिको श्रेय मध्यपूर्व, ल्याटिन अमेरिका, श्रीलंका, नेपाल, जापान लगायतका बजारहरूमा मागमा आएको स्थिरता र सुधारलाई दिएको छ। साथै, अष्ट्रेलियासँगको मुक्त व्यापार सम्झौताजस्ता नीति तथा व्यापार सम्बन्धी व्यवस्थाहरूले पनि निर्यात वृद्धि गर्नमा मद्दत पुर्‍याएको बताइएको छ।

अग्रणी कार निर्यातकर्ता मारुति सुजुकी

भारतको कार निर्यातमा मारुति सुजुकी अग्रस्थानमा देखिएको छ। कम्पनीले अप्रिल–जुन त्रैमासमा ९६ हजार १८१ कार निर्यात गर्दै अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत वृद्धि गरेको छ।

त्यस्तै, हुन्डई मोटर इन्डिया ले १३ प्रतिशतले वृद्धि गर्दै ४८ हजार १४० कार निर्यात गरेको छ।

अटोमोबाइल निर्यातमा आएको यो उल्लेखनीय वृद्धिले भारतको उत्पादन क्षमतासँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा वृद्धि भएको संकेत गर्छ। साथै, दक्षिण एसियाली बजार, विशेषगरी नेपालजस्ता छिमेकी मुलुकहरूमा भारतीय अटोमोबाइलको वर्चस्व अझ मजबुत हुँदै गएको देखिन्छ।

-स्रोत: सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (SIAM)

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.