शनिबार, जेष्ठ २,२०८३ 03:59:13
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 03:59:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दक्षिण कोरियाको जनसंख्या एक शताब्दीमा १५% मा खुम्चिन सक्ने, जीवन बीमा बजारका लागि चुनौती

Laxmi Sunrise Bank Limited
दक्षिण कोरियाको जनसंख्या एक शताब्दीमा १५% मा खुम्चिन सक्ने, जीवन बीमा बजारका लागि चुनौती
Shivam Cement

काठमाण्डौ । दक्षिण कोरियाको जनसंख्या आगामी एक शताब्दीसम्ममा केवल १५ प्रतिशतमा झर्ने एक प्रतिवेदनले जनाएको छ । कोरियन पेनेनस्युला पपुलेसन इन्स्टीच्युट(केपीपीआई)ले एक प्रतिवेदन सार्वजनिक गर्दै यदि हालको जनसांख्यिकीय गिरावट यथावत् रह्यो भने दक्षिण कोरियाको जनसंख्या आउँदो एक शताब्दीसम्ममा केवल १५ प्रतिशतमा झर्ने जनाएको हो।

केपीपीआईको विश्लेषणअनुसार सन् २१२५ सम्ममा दक्षिण कोरियाको जनसंख्या हालको ५ करोड १६ लाख ८० हजारबाट घटेर मात्र ७५ लाख ३० हजारमा सीमित हुन सक्नेछ । यो संख्या हाल सिओलको जनसंख्या ९३ लाख भन्दा पनि कम हो।

विशेषज्ञहरूका अनुसार दीर्घकालीन जन्मदरको गिरावट, उच्च जीवन खर्च, र वैवाहिक तथा पारिवारिक ढाँचामा आएको परिवर्तनहरू यस जनसांख्यिकीय संकटको मुख्य कारण हुन्। यो सम्भावना सबैभन्दा खराब अवस्था अन्तर्गत विश्लेषण गरिएको हो।  

Bizshala
New Office
CG Motors

प्रतिवेदन अनुसार सबैभन्दा सकारात्मक अवस्थामा पनि सन् २१२५ मा जनसंख्या १ करोड ५७ लाख ३० हजारमा सीमित हुनेछ, जुन हालको जनसंख्याको एक तिहाइभन्दा पनि कम हो। त्यस्तै, मध्य प्रक्षेपणअनुसार उक्त वर्षमा जनसंख्या १ करोड ११ लाख ५० हजार पुग्नेछ।

केपीपीआईले उल्लेख गरेअनुसार सन् २०२४ मा दक्षिण कोरियाको प्रजनन दर केवल ०.७५ थियो, जबकि जनसंख्या प्रतिस्थापनको लागि आवश्यक दर २.१ हो। यो दर विश्वमै सबैभन्दा कम प्रजनन दरमध्ये पर्छ।  

केपीपीआईद्वारा गरिएको एक आन्तरिक अध्ययनमा करिब ६० हजार ब्लाइन्ड एप पोस्टहरूको विश्लेषणबाट युवाहरू (२०–४० वर्ष) बीचमा प्रेमभन्दा पनि पैसा र आवासप्रति प्राथमिकता देखिएको पाइएको छ। विवाह र बच्चा जन्माउने विषयमा अधिकांश छलफल आर्थिक कठिनाइसँग जोडिएको पाइएको छ।

बेबी बुमर पुस्ताको अवकाशसँगै दक्षिण कोरियाको आर्थिक रूपले सक्रिय जनसंख्या घट्दै गएको छ, जसले समग्र आर्थिक वृद्धिमा मन्दी ल्याइरहेको छ। यसको असर जीवन बीमा उद्योगमा पनि देखिएको छ। घट्दो जनसंख्या, दीर्घकालीन न्यून ब्याजदर, र वृद्ध जनसंख्याको बढ्दो अनुपातले कोरियाको जीवन बीमा बजारमा चुनौती थपेको छ।

यसकारण, बीमा कम्पनीहरूले अब बचतसम्बन्धी बीमा उत्पादनहरूभन्दा बढी वृद्ध जनसंख्याको आवश्यकता अनुसार बनाइएका स्वास्थ्य र सुरक्षा केन्द्रित बीमा उत्पादनतर्फ ध्यान केन्द्रित गर्न थालेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.