शनिबार, जेष्ठ २,२०८३ 04:00:04
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:00:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिङ्गापुरबाट खोसियो विश्वकै उत्कृष्ट विमानस्थलको उपाधि, शीर्ष १० मध्ये पहिलो स्थानमा कुन ?

Laxmi Sunrise Bank Limited
सिङ्गापुरबाट खोसियो विश्वकै उत्कृष्ट विमानस्थलको उपाधि, शीर्ष १० मध्ये पहिलो स्थानमा कुन ?
Shivam Cement

काठमाण्डौ । भित्री झरना र हरियालीका लागि प्रसिद्ध सिंगापुरको चांगी एयरपोर्टले उत्कृष्ट विमानस्थलको उपाधि गुमाएको छ। यो उपाधि टर्किएको इस्तानबुल सहरको एयरपोर्टले खोसेको हो ।

इस्तानबुल एयरपोर्टले ट्राभल प्लस लिजरको २०२५ वर्ल्ड वेष्ट अवार्डमा ९८.५७ अंकका साथ पहिलो स्थान हासिल गरेको छ । सिङ्गापुरको चांगी एयरपोर्ट सूचीमा दोस्रो स्थानमा छ। शीर्ष १० उत्कृष्ट विमानस्थलमा अरब र एशियाली एयरपोर्टहरूको प्रभुत्व छ। भारतको मुम्बई एयरपोर्ट पनि शीर्ष १० मा पर्न सफल भएको छ ।  

Bizshala
New Office
CG Motors

सिंगापुरको चांगी एयरपोर्टले विश्वको सबैभन्दा अग्लो इनडोर झरना र ६ लाख बिरुवाहरूको कारणले विश्वको ध्यान आकर्षित गर्दछ। यद्यपि, यस वर्ष इस्तानबुल एयरपोर्टले आफ्नो बढ्दो विश्वव्यापी कनेक्टिभिटी, उत्कृष्ट पूर्वाधार र राम्रो यात्रु अनुभवका कारण पहिलो स्थान लिएको छ। यस्तै युएईका दुई एयरपोर्ट शीर्ष ५ मा परेका छन्।

सन् २०२५ विश्वका उत्कृष्ट एयरपोर्टहरू

ट्राभलं लेजरले यात्रुहरूको सर्वेक्षणका आधारमा उत्कृष्ट विमानस्थलको सूची तयार गरेको छ।  

१ इस्तानबुल एयरपोर्ट ९८.५७० को स्कोर संग पहिलो स्थानमा छ।

२ सिंगापुरको चाङ्गी एयरपोर्ट ९५.२० अंकको साथ दोस्रो स्थानमा छ।

३ कतारको हमाद एयरपोर्ट ९४.३४० अंकका साथ तेस्रो स्थानमा छ।

४ अबु धाबीको जायेद एयरपोर्ट ८९.४८ अंकको साथ चौथो स्थानमा छ।

५ दुबई अन्तर्राष्ट्रिय विमानस्थल ८८८.३८ अंकको साथ पाँचौं स्थानमा छ।

६ हङकङ अन्तर्राष्ट्रिय विमानस्थल ८६.२२ अंकको साथ छैटौं स्थानमा छ।

७ हेलसिंकी(भान्ता एयरपोर्ट, फिनल्याण्ड ८६.१८ अंकको साथ सातौं स्थानमा छ।

८ टोकियोको हानेडा एयरपोर्ट, टोकियो ८४.४७ अंकको साथ आठौं स्थानमा छ।

९ मुम्बईको छत्रपति शिवाजी महाराज एयरपोर्ट ८४.२३ स्कोरको साथ नवौं स्थानमा छ।

१० दक्षिण कोरियाको इन्चोन एयरपोर्ट ८३.६७ अंकको साथ दशौं स्थानमा छ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.