शुक्रबार, असार १९,२०८३ 12:35:41
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 12:35:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका र जापानबीच हालसम्मकै ठूलो व्यापार सम्झौता, ट्यारिफ कटौतिदेखि ५५० अर्ब डलर लगानी हुने

Laxmi Sunrise Bank Limited
अमेरिका र जापानबीच हालसम्मकै ठूलो व्यापार सम्झौता, ट्यारिफ कटौतिदेखि ५५० अर्ब डलर लगानी हुने

काठमाण्डौ । अमेरिका र जापानबीच व्यापार सम्झौता भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग व्यापार सम्झौता भएको घोषणा गर्दै यसलाई अहिलेसम्मकै ठूलो व्यापार सम्झौता भनेका छन् । महिनौंसम्मको अवरोध र रस्साकस्सीपश्चात यो सम्झौता भएको हो।

सम्झौताअनुसार जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ । यो लगानीमा अमेरिकाले ९० प्रतिशत नाफा पाउनेछ । यस्तै, अमेरिकामा जापानी सामानमा १५ प्रतिशत कर लाग्ने भएको छ ।

New Office
CG Motors
Garima Development Bank

साथै जापानले अमेरिकी कम्पनीहरुलाई जापान प्रवेश गर्न दिने भएको छ । यसमा कार र ट्रक, चामल र केही अन्य कृषि उत्पादनहरू, र अन्य चीजहरू समावेश छन्। तर, राष्ट्रपति ट्रम्पलेे ५५० अर्ब डलर कसरी लगानी गर्ने र नाफा कसरी गणना गर्ने भन्ने खुलाएका छैनन् । कुनै पनि पक्षले अहिलेसम्म सम्झौताको कुनै आधिकारिक कागजात जारी गरेको छैन।  

चामलको व्यापार वार्तामा सबैभन्दा विवादास्पद विषयहरू मध्ये एक थियो। केही साताअघि ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए, ‘जापानले हाम्रो चामल लिने छैनन् र अझै पनि उनीहरूसँग चामलको ठूलो अभाव छ।’

जापानले गत वर्ष अमेरिकाबाट २९ करोड ८० लाख डलरको चामल आयात गरेको थियो भने यस वर्षको जनवरीदेखि अप्रिलसम्ममा ११४ मिलियन डलरको चामल आयात गरेको छ । तर अमेरिकी निर्यातकर्ताहरूले लामो समयदेखि जापानी बजारमा प्रवेश गर्न कठिनाइ भएको गुनासो गर्दै आएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.