बिहीबार, श्रावण १५,२०८२ 08:21:11
  • बिहीबार, श्रावण १५,२०८२ 08:21:11
Global IME Bank Limited

प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले पाए विश्वासको मत, १५७ सांसदको समर्थन

Hyundai Nepal
प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले पाए विश्वासको मत, १५७ सांसदको समर्थन
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।  

कांग्रेससहितको तत्कालीन गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाएका प्रम दाहालले पूर्व निर्धारित समयअनुसार बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका हुन् ।  

प्रतिनिधिसभाका हाल कायम सांसदमध्ये बहुमत सदस्यले उनलाई विश्वासको मत दिएका छन् । 

Muktinath Bikas Bank Limited

प्रधानमन्त्री दाहाललाई उनी नेतृत्वको दल माओवादी केन्द्र, गठबन्धनको ठूलो दल नेकपा एमाले, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी(नेकपा एस), जनता समाजवादी पार्टी लगायतले मत हालेका हुन् ।  

नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत पाउन गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।  

घिमिरेका अनुसार प्रतिनिधिसभामा बुधबार २६८ सांसदको सहभागिता थियो । त्यसमध्ये १५७ जनाले उनलाई विश्वासको मत दिएका थिए । विपक्षमा ११० जनाको मत परेको थियो । एउटा मत तटस्थमा खसेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.