सोमबार, श्रावण १८,२०८३ 03:34:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:27
Bizshala
Global IME Bank Limited

प्यालेस्टाइनलाई राज्यको दर्जा दिए अमेरिका–क्यानडा व्यापार सम्झौता खतरामा पर्छः ट्रम्प

प्यालेस्टाइनलाई राज्यको दर्जा दिए अमेरिका–क्यानडा व्यापार सम्झौता खतरामा पर्छः ट्रम्प
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनलाई राज्यको दर्जा दिने क्यानाडाको योजनालाई अमेरिका–क्यानडा व्यापार सम्झौताका लागि खतरा भएको बताए । फ्रान्स र बेलायतपछि क्यानडाले पनि प्यालेस्टाइनलाई राष्ट्रिय दर्जा दिने योजना बनाएको छ ।

‘यसले हामीलाई क्यानडासँग व्यापार सम्झौता गर्न धेरै गाह्रो बनाउनेछ।’ राष्ट्रपति ट्रम्पले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए।  

 

राष्ट्रपति ट्रम्पले अमेरिकासँग व्यापार सम्झौता गर्न धेरै देशहरूलाई अगस्ट १ सम्मको समयसीमा तोकेका छन्। यो समयसीमाभित्र कुनै पनि देशले अमेरिकासँग व्यापार सम्झौता नगरे उच्च करको सामना गर्नुपर्ने उनको भनाइ छ ।  

यसअघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बरमा क्यानडाले प्यालेस्टाइनलाई राज्यको दर्जा दिने योजना बनाएको बताएका थिए । कार्नीका अनुसार यो कदम प्रजातान्त्रिक सुधारहरूमा निर्भर गर्नेछ र यसमा प्यालेस्टिनी प्राधिकरणले हमासको सहभागिता बिना अर्को वर्ष चुनाव गराउने समावेश गर्दछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.