आईतवार, असार २१,२०८३ 02:41:37
Bizshala
  • आईतवार, असार २१,२०८३ 02:41:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

Laxmi Sunrise Bank Limited
एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाण्डौ । नेपालको विद्युतीय सवारी यात्रा एक नयाँ अध्यायमा प्रवेश गरेको छ। मोरिस ग्यारेज (एमजी) ब्रान्डका लागि नेपालमा आधिकारिक वितरकको रूपमा रहेको प्यारामाउन्ट मोटर्सले नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम विद्युतीय अर्बन स्पोर्ट युटिलिटी सवारीसाधन (एसयूभी) एमजी आईएम ६ नेपाली बजारमा सार्वजनिक गरेको हो ।

साउन १५ गते राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो विद्युतीय सवारीसाधनले कृत्रिम बुद्धिमत्ता प्रणाली, उच्च प्रविधि, र लक्जरी डिजाइनको संयोजनमार्फत विद्युतीय मोबिलिटीको क्षेत्रमा नयाँ मापदण्ड स्थापनाको संकेत गरेको छ। एमजी आईएम ६ अब देशभर रहेका सबै अधिकृत एमजी सवारी शोरूमहरूमा परीक्षण सवारी र बुकिङका लागि उपलब्ध भइसकेको छ।

आईएम ६ मा रहेको ‘इन्टेलिजेन्स इन मोसन’ अर्थात् ‘गतिको क्रममा बौद्धिकता’ भन्ने अवधारणाले चिनियाँ मोटर कम्पनी एसएआईसीको भविष्यकेन्द्रित प्रविधिमा आधारित विद्युतीय गाडी निर्माणको दृष्टिकोणलाई दर्शाउँछ। गाडीमा प्रविधि, सुरक्षाजन्य प्रणाली, एआई क्याबिन, डिजिटल च्यासिस, स्मार्ट सवारी नियन्त्रण र अनुकूलित प्रयोगकर्तामैत्री सुविधा जस्ता तत्वहरू समावेश छन्।

New Office
CG Motors
Garima Development Bank

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले गाडी सार्वजनिक गर्दै भने, ‘हामी नेपालमा एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं। यो गाडी एसएआईसीको ‘इन्टेलिजेन्स इन मोसन’ दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ। यो सवारी केवल विद्युतीय गाडी मात्र नभई स्मार्ट ड्राइभिङको भविष्य हो।’

आईएम ६ मा ४०० भोल्ट क्षमताको सवारी प्लेटफर्म, ७५ किलोवाट घण्टाको लिथियम फलोफोस्फेट ब्याट्री, उच्चतम १०९ किलोवाट क्षमताको मोटर, ४५० न्युटन मिटरको टर्क तथा अधिकतम २०० किलोमिटर प्रतिघण्टाको गति क्षमतासहितको उन्नत प्रणाली जडान गरिएको छ। यो सवारीले नयाँ यूरोपेली ड्राइभिङ चक्रअनुसार ५०५ किलोमिटर र विश्वव्यापी प्रमाणन अनुसार ४५० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।

गाडीको निर्माणमा पनडुब्बीबाट प्रेरित संरचना, उच्च शक्ति सामग्रीको प्रयोग, तथा स्मार्ट सुरक्षात्मक संयन्त्रको प्रयोग गरी यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। गाडीमा कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित ड्राइभिङ सहायक प्रणालीहरू जडान गरिएको छ, जसअन्तर्गत अनुकूली गतिको नियन्त्रण, स्वचालित आपतकालीन ब्रेक, लेन परिवर्तन सहायता, अन्ध स्थान पहिचान, अगाडि टक्करको चेतावनी र लेनबाट बाहिरिन लाग्दा दिने चेतावनी प्रणाली जस्ता अत्याधुनिक सुविधा रहेका छन्।

आईएम ६ मा विशेष डिजिटल च्यासिस प्रविधिको प्रयोग गरिएको छ, जसलाई अत्याधुनिक प्रविधिमा आधारित चिपले सञ्चालन गर्छ। उक्त च्यासिस प्रणालीले सवारीसाधनको विभिन्न भागको निगरानी गर्दै वास्तविक समयमै जानकारी संकलन गरी सुरक्षित, सहज र सन्तुलित यात्राको अनुभव प्रदान गर्छ। यसले चालकलाई ट्राफिक, सडक र गतिको सन्दर्भमा अनुकूल ढंगले सवारी सञ्चालन गर्न सहयोग गर्छ।

गाडीमा प्रयोग गरिएको भविष्य केन्द्रित क्याबिनमा उन्नत हार्डवेयर प्रयोग गरिएको छ। त्यहाँ उपलब्ध सुविधाहरूले खराब मौसममा पनि स्पष्ट दृश्य दिने ‘रेनी नाइट मोड’, बटन थिच्नेबित्तिकै आफैं सवारी पार्क गर्ने ‘एक थिचाइमा पार्क’, साँघुरा स्थानबाट सजिलै निस्कन सक्ने ‘एक थिचाइमा बाहिर निस्कन’, गाडी पछाडि फर्काउने ‘एक थिचाइमा फर्कन’ र कर्ब साइडमा सजिलै पार्क गर्न सकिने ‘एक थिचाइमा कर्ब साइड पार्किङ’ सुविधा समावेश छन्।

गाडीमा २६.३ इञ्चको प्रमुख टच स्क्रीन, १०.५ इञ्चको केन्द्रिय टचस्क्रिन, बिन तार मोबाइल चार्जिङ सुविधा, बिन तार मोबाइल अनुप्रयोग संयोजन, ताप रोक्ने विशाल सौर्य छाना, सानो मोडमा पनि फराकिलो ढंगले सञ्चालन गर्न सकिने पछाडिको पाङ्ग्राको १२ डिग्रीसम्मको नियन्त्रण सुविधा, तथा पिरेली ब्रान्डका २० इञ्चका टायर जडान गरिएको छ। यसले शहरमा सहज ड्राइभिङको अनुभव प्रदान गर्नेछ।

यस सवारीलाई ‘आई स्मार्ट’ नामक मोबाइल अनुप्रयोगमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिन्छ। उक्त एपको प्रयोगबाट चालकले गर्मी मौसममा क्याबिन पहिल्यै चिस्याउन, जाडोमा सिट तताउन, ब्याट्रीको स्तर जाँच गर्न तथा गाडी पार्किङ गरिएको स्थान पत्ता लगाउन सक्नेछन्। बजार उक्त सवारीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

स्मार्ट प्रविधि, आधुनिक डिजाइन, सुरक्षाको परिपूर्ण संयोजन र वातावरणमैत्री प्रविधिको मिसनसहित आएको यो सवारीसाधनले नेपाली विद्युतीय सवारी बजारमा उल्लेखनीय उपस्थिति जनाउने विश्वास गरिएको छ। हाल देशभर रहेका सबै अधिकृत एमजी सवारी शोरूमहरूमा एमजी आईएम ६ को बुकिङ खुला भइसकेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.