बिहीबार, असार १८,२०८३ 10:47:22
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:47:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डिजेल बसभन्दा ३०% सस्तो टिकट, १३५ सिटको हवाईजहाज जस्तै सेवा दिने नयाँ बस

Laxmi Sunrise Bank Limited
डिजेल बसभन्दा ३०% सस्तो टिकट, १३५ सिटको हवाईजहाज जस्तै सेवा दिने नयाँ बस

नयाँ दिल्ली । भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले हवाईजहाजसरह सुविधा दिने १३५ सीट क्षमताका नयाँ ‘फ्ल्यास चार्जिङ’ बस सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन्। बिजनेस टुडे आयोजित BT India@100 सम्मेलनमा बोल्दै उनले यो बस सेवाले सार्वजनिक यातायातमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

New Office
CG Motors
Garima Development Bank

गडकरीका अनुसार नयाँ बसको लागत मेट्रो परियोजनाभन्दा निकै कम हुनेछ। जहाँ मेट्रो निर्माणमा प्रतिकिलोमिटर करिब ४५० करोड रुपैयाँ खर्च हुन्छ, त्यहाँ यी बसका लागि प्रतिकिलोमिटर मात्र करिब २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बसको टिकट मूल्य पनि परम्परागत डिजेल बसको तुलनामा ३० प्रतिशत कम हुने उनले बताए।

यी अत्याधुनिक बसहरू पूर्ण एसीसहित, कार्यकारी श्रेणीका सिट, खानेपानी सुविधा, र हवाईजहाजजस्तै अन्य सेवासहित तयार गरिनेछन्। बस ‘फ्ल्यास चार्जिङ’ प्रविधिबाट छोटो समयमै चार्ज भई लामो दूरीको यात्रा गर्न सक्नेछ।

पहिलो चरण नागपुरमा

गडकरीले पहिलो चरणमा महाराष्ट्रको नागपुरमा पायलट परियोजना सञ्चालन गर्ने बताए। सफल परीक्षणपछि यसलाई दिल्ली–मुंबई, दिल्ली–जयपुर, दिल्ली–देहरादून, चेन्नई–बेंगलुरु लगायत मुख्य मार्गमा विस्तार गरिने योजना छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अन्य यातायात सुधार पहल

सम्मेलनमा मन्त्री गडकरीले सार्वजनिक यातायातमा सुधारका लागि अन्य योजनाहरू पनि प्रस्तुत गरे। उनले ३६० रोपवे केबल कार योजना, हाइड्रोजन इन्धन आधारित परियोजना, र दैनिक १०० किलोमिटर नयाँ सडक निर्माणको लक्ष्यबारे जानकारी दिए। उनका अनुसार तीव्र गतिमा सडक निर्माण र यातायात सुधारले आर्थिक वृद्धि र निर्यातमा सकारात्मक प्रभाव पार्नेछ।

गडकरीले यो परियोजना लागू भएपछि लामो दूरीको यात्रा गर्ने यात्रुहरूले सस्तो, सहज र हवाई–स्तरको सुविधा पाउने दाबी गरे।

-Agencies

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.