सोमबार, श्रावण १८,२०८३ 03:34:26
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:26
Bizshala
Global IME Bank Limited

पुटिनसँग वार्ता गर्नुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग छलफल

पुटिनसँग वार्ता गर्नुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग छलफल
New Office

काठमाण्डौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती विदेशमन्त्री डेभिड ल्यामीले युक्रेनको युद्धबारे छलफल गर्न सुरक्षा अधिकारीहरूसँग भेट गरेका छन् ।

भेट शनिबार लन्डन नजिकैको केन्टस्थित ल्यामीको सरकारी निवासमा भएको थियो । यसमा युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव रुस्तम उमरोभ, जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माक र बेलायत, अमेरिका, ईयू, फ्रान्स, जर्मनी, इटाली, फिनल्याण्ड र नाटोका अधिकारीहरू सहभागी थिए।  

यो बैठक अमेरिकाको पहलमा बोलाइएको बताइएको छ ।

सो अवसरमा युक्रेनी अधिकारीहरू र युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उपस्थित थिए। ‘युक्रेनलाई बेलायतको पूर्ण समर्थन छ र हामी न्यायसंगत र दिगो शान्तिको लागि काम गरिरहनेछौं,’ ल्यामीले भने।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई कुनै पनि क्षेत्रीय छुट नदिने स्पष्ट पारेको बेला यो बयान आएको हो । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को साता अलास्कामा हुने शिखर वार्ता अघि यस्तो बताएका हुन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.