आईतवार, श्रावण ३१,२०८३ 10:09:19
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 10:09:19
Bizshala
Global IME Bank Limited

नाइमा २०२५ मा एनटर्क डिस्कएफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

Prabhu Bank Limited
नाइमा २०२५ मा एनटर्क डिस्कएफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक
New Office

काठमाण्डौ । टिभिएस नेपालले, नाइमा २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटर्क डिस्कएफआई स्कूटरको नयाँ कलर भ्यारीएन्ट सार्वजनिक गरेको छ । पाँचदिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (इभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन् ।  

एनटॉर्क डिस्कएफआई स्कूटर स्टल नम्बर एल३ए, हल बीमा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षक रंगहरु सार्वजनिक गरेको छ ।  

आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटर्क डिस्कएफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ । परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ । जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि–आकारको एलईडी टेलल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यानआकर्षण निश्चित छ ।

CG Motors

नेपाली बजारको लागि रु २ लाख ८२ हजार ९०० मूल्य निर्धारण गरिएको नयाँ एनटर्क डिस्कएफआई भेरियएन्टहरुमा  यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् ।

–SmartXonnect ब्लुटुथ कननेक्टिभिटी

–टर्न–बाइ–टर्न नेभिगेसनसहितको पूर्ण डिजिटल मिटर

–उत्कृष्ट ब्रेकिङ नियन्त्रणको लागि अगाडिको डिस्क ब्रेक

–युएसबीचार्जिङ पोर्ट

–दैनिक प्रयोगमा सजिलो हुने बाहिरी फ्युलफिलिङ  

शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कूटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.