काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमाससम्ममा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले कमाएको २२ करोड ४६ लाखको तुलनामा ३९.९६ प्रतिशतले बढी हो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १६.५१ प्रतिशतले बढेर ८७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी पनि ८ करोड ७५ लाख रुपैयाँबाट बढेर ११ करोड २१ लाख पुगेको छ ।
यस्तै कम्पनीको सञ्चालन नाफा ३४ करोड ८८ लाखबाट बढेर पनि ५१ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङको आकार १०२.६५ प्रतिशतले बढेर ३५ करोड ४४ लाख पुगेको छ । अघिल्लो आवमा ६८ करोड ९६ लाख रहको रिजर्भको आकार पनि बढेर ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा बढेको छ । वितरणयोग्य मुनाफा १०२.६५ प्रतिशतले बढेर ३५ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ३.२२ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.११ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२३.२६ रुपैयाँ , पीई अनुपात २६.७९ गुणा ,प्रतिसेयर नेटवर्थ १८०.८५ रुपैयाँ र तरलता अनुपात २९.०२ प्रतिशत कायम भएको छ ।