मंगलवार, बैशाख ९,२०८२ 01:01:40
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 01:01:40
IME remit
Global IME Bank Limited

सुन तस्करविरुद्ध रवि लामिछाने एक्सनमा, पूर्वसभामुख र सीआइबी प्रमुखसहितका ठूला माछा पर्दैछन् फन्दामा

Hyundai Nepal
सुन तस्करविरुद्ध रवि लामिछाने एक्सनमा, पूर्वसभामुख र सीआइबी प्रमुखसहितका ठूला माछा पर्दैछन् फन्दामा
Nabil Bank Limited

काठमाण्डौ । तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरोध गरेपछि असोज १४ मा सरकारले गठन गरेको सुन तस्करीको विषयमा छानबिन गर्ने उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्री रवि लामिछाने एक्सनमा उत्रिने तयारी गरेका छन् ।  

झण्डै ५०० पृष्ठ लामो प्रतिवेदन पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबार मात्र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको थियो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

समितिको प्रतिवेदन अध्ययन गरेर शुक्रबार बिहानै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । आधाघण्टा लामो वान टू वान भेटघाटमा प्रम दाहालले समेत आयोगको प्रतिवेदनले दोषी किटान गरेकाहरुलाई नछाड्न र आफ्नो योजनाअनुसार एक्सनमा उत्रिन आग्रह गरेका लामिछाने निकट स्रोतले बताएको छ । प्रधानमन्त्रीबाटै साथ पाएपछि उत्साहित देखिएका लामिछानेले शुक्रबार नै केही उच्चपदस्थहरुमाथि एक्सन लिने तयारी गरेका छन् ।  

गृहमन्त्रालयस्थित उच्च स्रोतहरुका अनुसार सम्भवतः शुक्रबार नै प्रतिवेदनबाट दोषी किटान भएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ पर्न सक्नेछन् ।  

महरा संलग्न भएको भनिएको सुन तस्करीमा जोडिएका अन्य उच्चपदस्थहरुलाई पनि शुक्रबार नै पक्राउ गर्ने तयारी गरिएको छ ।  

यही कारण गृहमन्त्रीले शुक्रबार नै प्रहरी महानिरीक्षकलाई बोलाएर सम्भावित एक्सनका लागि तयार रहन निर्देशन दिएका छन् ।  

अध्ययन प्रतिवेदनले विभिन्न समयमा भएका ठूला सुन तस्करीको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले गम्भीरु त्रुटी गरेको समेत औंल्याएको छ । प्रतिवेदनमा सीआईबीले पक्राउ गरेर बयान लिनुपर्नेहरुलाई सामान्य हाजिरी जमानी गरेर छाडिएको, उच्च प्रहरी अधिकृतहरुले केही उच्चपदस्थहरुलाई चोख्याउने गरी छानबिन गरेका लगायतका विषय उठाइएको छ । सीआइबीको छानबिनमै प्रश्न उठेपछि विभिन्न उच्चपदस्थ सरकारी अधिकारीहरुविरुद्ध पनि कारबाहीको सिफारिस भएको छ ।  

को-को परे कारबाहीको सिफारिसमा ?

सुन तस्करीमा संलग्न देखिएकालाई मुद्दा नचलाई जोगाएको आरोपमा आयोगले सीआइबी प्रमुख एआईजी किरण बज्राचार्यमाथि पनि कारबाहीको सिफारिस गरेको छ ।  

बज्राचार्यको मातहतमा रहेर उनको निर्देशनअनुसार सुनसम्बन्धी अनुसन्धानमा चलखेल गर्ने प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, नायव प्रहरी उपरीक्षक दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको छ ।  

बज्राचार्य नेतृत्वको प्रहरी टिमले सुन तस्करीसँग जोडिएका जीवन चलाउनेलाई ब्यूरोमा उपस्थित गराएर समेत योजनाबद्ध ढंगले भगाएको प्रतिवेदनमा दाबी गरिएको छ ।  

यस्तै, प्रतिवेदनले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई समेत सुन तस्करसँग साँठगाँठ देखिएको भन्दै कडा कारबाहीको सिफारिस गरेको छ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएको र लेनदेनको विषयमा वी च्याटमा कुराकानी नै भएको प्रमाण हुँदा पनि उनलाई जोगाइएको उच्चस्तरीय समितिको प्रतिवेदनमा उल्लेख छ ।  

यसैगरी, समितिले दावा छिरिङले २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको भेटिएको भन्दै केसीमाथि पनि कारबाहीको सिफारिस गरेको छ । सीआइबीले केसीको विषयमा प्रमाण फेला परेको अवस्थामा समेत ध्यान नै नदिएको प्रतिवेदनमा दाबी गरिएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.