काठमाण्डौ। फेसबुकको माउ कम्पनी मेटाले नेपालमा दर्ता हुनका लागि सरकारसँग आवश्यक कागजात माग गरेको छ । सरकारले नेपालमा दर्ता नहुने सामाजिक सञ्जाललाई आजबाट क्रमशः बन्द गर्ने निर्णय गरेसागै मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको हो ।
मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल मार्फत कागजातको विवरण माग गरेका हुन् । यस्तो इमैल आएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता हुनका लागि चाहिने आवश्यक कागजातको विवरणबारे इमेल मार्फत जानकारी दिएको छ ।
यसअघि मन्त्रीपरिषद्को बैठकले नेपालमा दर्ता हुन नआउने सामाजिक सञ्जालहरुलाई क्रमशः रुपमा बन्द गर्ने निर्णय गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।
सरकारले पछिल्लो लामो समयदेखि सामाजिक सञ्जालहरुलाई कानूनको दायरामा ल्याई दर्ता गर्न खोजिरहेको छ । सरकारले यसका लागि विभिन्न पटक दर्ता हुन आह्वान समेत गरेको थियो । तर सरकारको आग्रहलाई अवज्ञा गर्दै सामाजिक सञ्जालहरुले दर्ता गर्न अस्विकार गर्दै आईरहेका थिए ।
यस्तोमा सरकारले दर्ता नहुनेलाई सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको हो ।