सोमबार, श्रावण १८,२०८३ 06:40:23
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:40:23
Bizshala
Global IME Bank Limited

अन्ततः नेपालमा दर्ता हुन तयार भयो मेटा, माग्यो आवश्यक कागजात

अन्ततः नेपालमा दर्ता हुन तयार भयो मेटा, माग्यो आवश्यक कागजात
New Office

काठमाण्डौ। फेसबुकको माउ कम्पनी मेटाले नेपालमा दर्ता हुनका लागि सरकारसँग आवश्यक कागजात माग गरेको छ । सरकारले नेपालमा दर्ता नहुने सामाजिक सञ्जाललाई आजबाट क्रमशः बन्द गर्ने निर्णय गरेसागै मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको हो ।

मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल मार्फत कागजातको विवरण माग गरेका हुन् । यस्तो इमैल आएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता हुनका लागि चाहिने आवश्यक कागजातको विवरणबारे इमेल मार्फत जानकारी दिएको छ ।  

यसअघि मन्त्रीपरिषद्को बैठकले नेपालमा दर्ता हुन नआउने सामाजिक सञ्जालहरुलाई क्रमशः रुपमा बन्द गर्ने निर्णय गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।

सरकारले पछिल्लो लामो समयदेखि सामाजिक सञ्जालहरुलाई कानूनको दायरामा ल्याई दर्ता गर्न खोजिरहेको छ । सरकारले यसका लागि विभिन्न पटक दर्ता हुन आह्वान समेत गरेको थियो । तर सरकारको आग्रहलाई अवज्ञा गर्दै सामाजिक सञ्जालहरुले दर्ता गर्न अस्विकार गर्दै आईरहेका थिए ।  

यस्तोमा सरकारले दर्ता नहुनेलाई सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको हो ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.