मेटाले ३० बिलियन डलरबराबरको बोन्ड जारी गर्ने, प्राप्त रकम एआई पूर्वाधारमा खर्चिने
काठमाण्डौ । दिग्गज सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्मले बोन्ड बिक्रीबाछ ३० बिलियन डलर रकम उठाउने भएको छ । कम्पनीले एआई पूर्वाधार विकास गर्न उक्त रकम उठाउन लागेको हो । मेटाले एआई पूर्वाधारको क्षेत्रमा लगानी बढाईरहेको छ । यसका लागि कम्पनीलाई बढी भन्दा बढी खर्च गर्नुपर्ने दबाब पनि छ । कम्पनीले आगामी वर्ष सन् २०२५ को भन्दा बढी पूँजीगत खर्च व्यहोर्नु पर्ने समेत जनाइसकेको छ ।...

