बुधबार, असार १०,२०८३ 03:01:38
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:01:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धमाधम बन्द हुँदै इन्स्टाग्राम अकाउन्ट, मेटाको एआई सिस्टमका कारण कयौँ अकाउन्ट जोखिममा

Laxmi Sunrise Bank Limited
धमाधम बन्द हुँदै इन्स्टाग्राम अकाउन्ट, मेटाको एआई सिस्टमका कारण कयौँ अकाउन्ट जोखिममा

काठमाण्डौ । यदि तपाईको इन्टाग्राम अकाउन्ट बिना कुनै अलर्ट बन्द भएको छ भने यस्तो हुने तपाई एक्लो भने होइन । यतिबेला विश्भरबाट प्रयोगकर्ताहरुले बिना कुनै गल्ति आफ्नो इन्स्टाग्राम अकाउन्ट मेटाले सस्पेन्ड वा ब्लक गरेको गुनासो गरिरहेका छन् ।

उनीहरुले अकाउन्ट बन्द हुनुअघि कुनैपनि प्रकारको अलर्ट वा चेतावनी प्राप्त नगरेको समेत बताएका छन् । वास्तवमा मेटाले यतिबेला फेसबुक तथा इन्स्टाग्राममा फेक अकाउन्ट,स्प्याम तथा बोट्सका विरुद्ध ठूलो अभियान चलाईरहेको छ । 

यसका लागि कम्पनीले आफ्नो एआई सिस्टक प्रयोग गरिरहेको छ । यो सिस्टमले संदिग्ध गतिविधि गरिरहेका अकाउन्टहरुलाई पहिचान गर्ने गर्छ । जस्तै धेरै म्यासेज पठाउने, एउटै प्रकारको कमेन्ट गर्ने र वा थर्ड पार्टी अटोमेशन टुल्स प्रयोग गर्ने । अटोमेशनको अर्थ मानिसको साटो कुनै मेशिनबाट एउटै काम बारम्बार गर्नु हो ।

New Office
CG Motors
Garima Development Bank

यसमा समस्या भनेको एआईले कयौँपटक गल्ति समेत गरिरहेको छ । त्यसैले सामान्य रुपमा सञ्चालन भईरहेका अकाउन्ट पनि बन्द भईरहेका छन् ।

कम समयमा धेरै मानिसहरुलाई फलो र अनफलो गर्नेहरु पनि यो सिस्टमको निशाना बनिरहेको विज्ञहरुले दाबी गरेका छन् ।

मेटा पूर्ण रुपमा अटोमेशनका विरुद्ध भने छैन । कम्पनीले डेभलपर्स तथा बिजनेश प्रयोगकर्ताका लागि मेटा ग्राफ एपीआई नामको आधिकारिक सिस्टम उपलब्ध गराउँदै आएको छ । यसमार्फत केहि गतिविधिहरुलाई सुरक्षित तथा नियमको दायरामा रहेर अटोमेट गर्न सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मेटाको एपीआई सिस्टमको सबैभन्दा ठूलो विशेषता के हो भने, यसमा प्रयोगकर्ताले आफ्नो इन्स्टाग्रामपासवर्ड कुनै बाहिरको सर्भिसका साथ सेयर गर्नु पर्दैन ।

साथै, सबै गतिविध मेटाका तर्फबाट निर्धारित सीमा तथा नियम अनुसार सञ्चालित हुन्छ । बजारमा विद्यमान कयौँ ठूला प्लेटफर्महरुले समेत यहि आधिकारिक एपीआई प्रयोग गरिरहेका छन् । यस्तो प्लेटफर्मको प्रयोगलाई आम रुपमा सुरक्षित मानिन्छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.