सोमबार, श्रावण १८,२०८३ 06:38:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:38:55
Bizshala
Global IME Bank Limited

एआईमा लगानी गर्ने भएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट, किन हच्किए लगानीकर्ता ?

एआईमा लगानी गर्ने भएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट, किन हच्किए लगानीकर्ता ?
New Office

काठमाण्डौ । फेसबुकका मालिकले कृत्रिम बौद्धिकता ‘एआई’मा आक्रामक रुपमा लगानी गर्ने योजना बनाएको बताएपछि मेटाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ ।  

मेटाको पहिलो त्रैमासको बम्पर आम्दानीका बाबजुत आजको प्रिमार्केट ट्रेडिङमा कम्पनीको सेयरमूल्यमा १३ प्रतिशतको गिरावट आएको छ । एआई लगानी गर्ने योजना सार्वजनिक भएपछि लगानीकर्ताहरु हतोत्साहित बन्दा सेयरमूल्यमा सगरावट आएको हो ।  

एआईमा लगानी गर्न धेरै खर्च चाहिने र यसका लागि समय पनि धेरै लाग्ने भएकाले कम्पनीको यो योजनाबाट आम्दानी घट्ने भएपछि लगानीकर्ता हतोत्साहित बनेका हुन् । कम्पनीको सेयरमूल्यमा आएको गिरावटले कम्पनीको बजार मूल्य १६३ बिलियन डलरले घटेको छ ।

मेटाले एआईको सम्भावनाको फाइदा उठाउन माइक्रोसफ्ट र गूगलसँग प्रतिष्पर्धा गर्ने भएको छ ।  

ह्वाट्स एप र इन्स्ट्राग्राममा पनि स्वामित्व भएको मेटाले वर्षको पहिलो त्रैमासमा गत वर्षको तुलनामा दोब्बरले नाफा बढाएको छ । तर एआई प्रोजेक्टमा ५ बिलियनभन्दा बढी खर्च हुने भएपछि लगानीकर्ताहरु हच्किएका छन् ।  

मेटाले यो वर्ष पूँजीगत खर्च ३५.४० बिलियन डलरको बीचमा रहने जनाएको छ । जुन अघिल्लो वर्ष ३०–३७ वर्षको बीचमा रहने अनुमान गरिएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.