काठमाण्डौ । दिग्गज सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्मले बोन्ड बिक्रीबाछ ३० बिलियन डलर रकम उठाउने भएको छ । कम्पनीले एआई पूर्वाधार विकास गर्न उक्त रकम उठाउन लागेको हो ।
मेटाले एआई पूर्वाधारको क्षेत्रमा लगानी बढाईरहेको छ । यसका लागि कम्पनीलाई बढी भन्दा बढी खर्च गर्नुपर्ने दबाब पनि छ । कम्पनीले आगामी वर्ष सन् २०२५ को भन्दा बढी पूँजीगत खर्च व्यहोर्नु पर्ने समेत जनाइसकेको छ ।
गत बिहिबार कम्पनीको सेयरमूल्य ११ प्रतिशतको वृद्धिका साथ बन्द भएको थियो ।
कम्पनीले ६ चरणमा बोन्ड जारी गर्नेछ । जुन ४० वर्षसम्म परिपक्व हुनेछन् । मेटाले पछिल्लो समय सन् २०२२ मा १० बिलियन डलरबराबरको बोन्ड जारी गरेको थियो ।

