बुधबार, असार १०,२०८३ 03:08:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:08:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेटाले ३० बिलियन डलरबराबरको बोन्ड जारी गर्ने, प्राप्त रकम एआई पूर्वाधारमा खर्चिने

Laxmi Sunrise Bank Limited
मेटाले ३० बिलियन डलरबराबरको बोन्ड जारी गर्ने, प्राप्त रकम एआई पूर्वाधारमा खर्चिने

काठमाण्डौ । दिग्गज सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्मले बोन्ड बिक्रीबाछ ३० बिलियन डलर रकम उठाउने भएको छ । कम्पनीले एआई पूर्वाधार विकास गर्न उक्त रकम उठाउन लागेको हो ।  

मेटाले एआई पूर्वाधारको क्षेत्रमा लगानी बढाईरहेको छ । यसका लागि कम्पनीलाई बढी भन्दा बढी खर्च गर्नुपर्ने दबाब पनि छ । कम्पनीले आगामी वर्ष सन् २०२५ को भन्दा बढी पूँजीगत खर्च व्यहोर्नु पर्ने समेत जनाइसकेको छ ।  

New Office
CG Motors
Garima Development Bank

गत बिहिबार कम्पनीको सेयरमूल्य ११ प्रतिशतको वृद्धिका साथ बन्द भएको थियो ।  

कम्पनीले ६ चरणमा बोन्ड जारी गर्नेछ । जुन ४० वर्षसम्म परिपक्व हुनेछन् । मेटाले पछिल्लो समय सन् २०२२ मा १० बिलियन डलरबराबरको बोन्ड जारी गरेको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.