काठमाण्डौ । सामाजिक प्लेटफर्म फेसबुक तथा ह्वाट्सएपको माउ कम्पनी मेटाले ३ हजार ६ सय कर्मचारीलाई कामबाट निकाल्ने भएको । मेटाले प्रदर्शनमा आधारित रोजगार कटौती योजनाअनुरुप यस्तो निर्णय गरेको हो ।
कम्पनीका सीईओ मार्क जुकरबर्गले यो निर्णयबाट लगभग ५ प्रतिशत कर्मचारी प्रभावित हुने बताएका छन् । सेम्टेम्बर २०२४ को डेटाका अनुसार मेटामा करिब ७२ हजार कर्मचारीले काम गरिरहेको छन् ।
कम्पनीले यो फैसलाको जानकारी अमेरिकामा काम गर्ने कर्मचारीहरुलाई आगामी फेब्रुअरी १० सम्म दिन सक्ने जनाइएको छ । अमेरिकाभन्दा बाहिर काम गर्नेलाई भने यसबारे पछि जानकारी दिइनेछ ।
यसअघि कम्पनीले सन् २०२३ मा करिब १० हजार कर्मचारीलाइ्र्र निष्कासन गरेको थियो ।