बुधबार, असार १०,२०८३ 03:06:01
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:06:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेटाको ठूलो तयारीः रे–बन चस्मा पाइनेछ डिस्प्लेको सुविधा, हुनेछन् अन्य थुप्रै फिचर्स पनि

Laxmi Sunrise Bank Limited
मेटाको ठूलो तयारीः रे–बन चस्मा पाइनेछ डिस्प्लेको सुविधा, हुनेछन् अन्य थुप्रै फिचर्स पनि

काठमाण्डौ । फेसबुकको कम्पनी मेटाले स्मार्ट चस्माको बारेमा ठूलो तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ‘रे बन’सँग मिलेर ‘नेक्स्ट स्मार्ट ग्लासेस’लञ्च गर्ने तयारी गरेको छ । यो चस्मामा डिस्प्लेलाई इन्टिग्रेट गर्न सकिन्छ ।  

यस्तै यसको माध्यमबाट प्रयोगकर्ताले नोटिफिकेशन तथा न्याभिगेसन समेत प्राप्त गर्न सक्नेछन् । रेबन मेटा स्मार्ट ग्लासेस आफ्नो फिचर्स तथा रेकडिङका लागि निनै चर्चित छन् । लामो समयसम्म यसको प्रतिष्पर्धिको रुपमा अन्य प्रडक्ट लञ्च भएको छैन । तथापी सामसुङ र गूगलले यस विषयमा काम गर्न सुरु भने गरेको छ । यी कम्पनीहरुले पनि चाडै नै स्मार्ट चस्मा लञ्च गर्ने योजना बनाएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यस्तोमा मेटा रे बनले पनि आफ्नो प्रडक्टमा नयाँ फिचर्स ल्याउन लागेको हो । नोटिफिकेशन ,अलर्ट र नेभिगेसन जस्ता फिचर्सका कारण यो स्मार्ट चस्माले स्मार्टफोनको आवश्यकतालाई हटाईदिने जनाइएको छ । यद्यपी अहिले भने यसले फोनसँगै मिलेर काम गरिरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मेटाले आगामी वर्ष स्मार्ट चस्माको नयाँ भर्जनलाई लञ्च गर्न सक्ने जनाइएको छ । डिस्प्लेको माध्यमबाट प्रयोगकर्ताले नेभिगेसन डाइरेक्सनका साथै फोन तथा स्मार्ट वाचको नोटिफिकेशन पनि हेर्न सक्नेछन् । यसका अतिरिक्त अन्य थुप्रै फाइदाहरु पनि प्राप्त हुन सक्नेछन् । पुरानो मोडलको तुलनामा नयाँ प्रडक्ट मा कयौं अपडेटहरु समेत देख्न सकिनेछ ।  

अहिले रे बन मेटा स्मार्ट चस्मामा प्रयोगकर्ताले भ्वाइस असिस्टेन्टको सुविधा पाइरहेका छन् । यसको सहयोगबाट प्रयोगकर्ताले म्यासेज पठाउन सक्छन्, कल गर्न सक्छन् र अलग–अलग कन्ट्रो्ल लिन सक्छन् ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.