काठमाण्डौ । मेटा प्लेटफर्मले नयाँ एआई मोडल ‘एललामा फोर’ सार्वजनिक गरेको छ । कम्पनीले लार्ज ल्याङ्ग्वेज मोडल(एलएलएम) भर्जनको लेटेस्ट एललामा फोर स्काउट र एललामा फोर माभेरिक लञ्च गरेको हो ।
मेटाले एललामा मल्टिपल एआई प्रणाली भएको जनाएको छ । मेल्टिमोडल सिस्टम टेक्स्ट,भिडियो, इमेज र अडियो जस्ता विभिन्न विभिन्न प्रकारको डेटा प्रोसेसिङ र इन्टिग्रेटिङ गर्न र कन्टेन्टहरुलाई यी फर्म्याटमा रुपान्तरण गर्न सक्षम भएको कम्पनीले जनाएको छ ।
यी मोडहहरु अहिलेसम्मकै उन्नत मोडल भएको कम्पनीको दाबी छ । यी मोडलहरु ओपन सोर्स सफ्टवेयर हुने कम्पनीको भनाई छ । यस्तै कम्पनीले ‘एललामा फोर बेहिमोथ’ पनि सार्वजनिक गर्ने जनाएको छ । जसलाई कम्पनीले विश्वकै सबैभन्दा स्मार्ट र शक्तिशाली एलएलएमको संज्ञा दिएको छ ।
यतिबेला ठूला प्राविधिक कम्पनीहरुले एआई क्षेत्रको पूर्वाधारमा आक्रामक लगानी बढाएका छन् ।