बुधबार, माघ २३,२०८१ 11:33:07
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:33:07
IME remit
Global IME Bank Limited

एकाध सहकारीले गलत गरे भन्दैमा सबै उस्तै हुन् भन्नु गलतः मन्त्री अधिकारी

Hyundai Nepal
एकाध सहकारीले गलत गरे भन्दैमा सबै उस्तै हुन् भन्नु गलतः मन्त्री अधिकारी
Nabil Bank Limited

काठमाण्डौ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एकाध सहकारीले गलत गरेकोमा सबै उस्तै हुन् भन्नु गलत भएको बताएका छन् ।  

नेपाल सहकारी पत्रकार समाज(सिजेएन)का प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले एकाध सहकारीले गलत गरेको भएपनि सबै सहकारी त्यस्तै हुन् भन्ने मानसिकताको विकास भएर जानु गलत भएको औंल्याए । ‘जबसँग यो मान्यताबाटअलग रहन सकिँदैन, तबसम्म सहकारी अभियानमाथिजानसक्दैन’, मन्त्री अधिकारीले भने । सहकारीमाथिको विश्वसनियता घट्दै गएको प्रतिचासो देखाउँदै मन्त्री अधिकारीले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।  

सहकारीको संख्या ३१ हजार भने पनि मन्त्रालयसँग समेत यकिन तथ्याङक नरहेको भन्दै उनले वास्तविक तथ्याङक निकाल्न प्रयास गर्ने बताए । सहकारीहरु संघ,प्रदेश र स्थानीय तहबाट दर्ता तथा अनुगमन हुने भन्दै उनले जुन निकायले उत्पत्ति गराएको हो, त्यहि निकायले प्रभावकारी नियमन गर्नुपर्नेमा जोड दिए ।

Bizshala
CG Motors
Sagarmatha Cement

सहकारी संख्या धेरै भएको र दर्ता भएका सहकारी संस्थाले समेत कारोबार गर्न नसकिरहेको अवस्थामा नयाँ संस्थादर्ता बन्द गरेर जानुपर्ने उनको धारणा छ । आवश्यकता, जनसंख्या र भूगोलको आधारमा सहकारी दर्ता गर्न सकिए व्यवस्थित गर्न सकिने उनको भनाई छ ।

संघ मातहत रहेका सहकारी संस्थामध्ये कति संस्थाले सदस्यको बचत दुरुपयोग गरेको छन्,तिनको वर्गिकरण गर्न आवश्यक रहेको उनको बुझाई छ । सहकारीको उघेश्य के हो, यसको पहिचान गर्न आवश्यक रहेको मन्त्री अधिकारीले बताए  । सहकारीमा आवद्ध भएका सदस्यहरुको जीवनस्तर माथिउकास्ने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए ।

कर्जा सूचना केन्द्र, बचत तथा ऋण असुली न्यायाधिकरण र दोस्रो तहको नियमाक निकायगठनको सैद्धान्तिक अनुमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको मन्त्री अधिकारीले जानकारी दिए । अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि प्रक्रिया अगाडि बढाइने छ । गलत गर्ने सहकारीलाई कारबाही हुन्छ भन्ने सन्देश दिन र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहित गर्न आवश्यक रहेको उनले जनाए ।

सहकारी पीडितको समस्या समाधान गर्न सरकारले वार्ता टोली बनाइसकेको र उनीहरुको मागप्रति राज्य गम्भिर भएको समेत उनले बताए ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.