काठमाण्डौ । शाङ्घाइस्थित हॉटपोट चेन हैडिलाओको एक शाखामा सूपको भाँडोमा पिसाब गर्ने दुई १७ वर्षीय किशोरलाई अदालतले करिब ४ करोड ३२ लाख(भारु २ करोड ७० लाख) रुपैयाँ बराबरको जरिवाना तिर्ने सजाय सुनाएको छ।
फेब्रुअरीमा मदिरा सेवनपछि उनीहरूले यस्तो कुकर्म गरी भिडियो अनलाइन पोष्ट गरेका थिए, जसपछि घटनाले व्यापक आलोचना खेप्यो।
अदालतले कम्पनीको प्रतिष्ठा र सम्पत्तिमा धक्का पुर्याएको ठहर गर्दै क्षतिपूर्ति अभिभावकले नै तिर्नुपर्ने आदेश दिएको हो। क्षतिपूर्तिमा सञ्चालन तथा प्रतिष्ठागत क्षति, सफाइ र कानुनी खर्च समावेश छ।
घटनापछि हैडिलाओले ४ हजारभन्दा बढी ग्राहकलाई पूरा बिल फिर्ता र १० गुणा नगद क्षतिपूर्ति दिने घोषणा गरेको थियो।
विश्वभर १,००० भन्दा बढी शाखा रहेको हैडिलाओ उत्कृष्ट ग्राहक सेवा र पारिवारिक वातावरणका लागि परिचित छ।
-बीबीसीबाट भावानुवाद