बिहीबार, आश्विन २९,२०८३ 08:37:16
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:37:16
Bizshala
Global IME Bank Limited

सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'

Bizshala
सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'
New Office

काठमाण्डौं । राजधानीका मुख्य सडकदेखि देशका अन्य भूभाग र गाउँसम्मै दसैंको रौनक छाएको छ । एक हिसाबले आन्दोलनपछि शान्त बनेको शहर र त्यसको प्रभाव समेत परेको गाउँसम्म पनि मानिसहरु आफन्तजन र साथीभाईसँग रमाइलो गर्न व्यस्त छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपालको सेयर बजारमा कारोबार राफसाफको महत्वपूर्ण जिम्मेवारी लिएको सीडीएस एण्ड क्लियरिङ लिमीटेडका प्रमुख कार्यकारी अधिकृत प्रविन पन्धाकको यस बर्षको दसैं सामान्य नै भइरहेको छ ।  

पन्धाकले दसैंलाई भेटघाट र फुर्सदको समयको रुपमा पनि लिन्छिन् । दसैं भन्ने बित्तिकै पन्धाकले बजारमा हुने चहलपहल र भेटघाटलाई नै महत्व दिन्छिन् ।  

दसैको अवसरमा बजारमा हुने चहलपहल तथा आर्थिक क्रियाकलाप  देशको अर्थतन्त्रका लागि महत्वपूर्ण हुने उनको भनाई छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

पन्धाकलाई जब दसैं आउँछ, तब बालापनको बेला ठूलाबडाबाट आशिर्वादको रुपमा पाएको पैसा र नयाँ कपडाको सम्झना आउँछ ।  

उनी हाँस्दै भन्छिन् -'त्यो बेलाको दक्षिणाले केही आवश्यकता पनि पूरा गरिन्थ्यो ।'  

उनी मासांहारी हुन्, त्यसका कारण मासुका परिकार दसैंमा उनका लागि विशेष बन्छ ।  

तर बालापनजस्तो अहिलेको दसैंमा उति धेरै रमाइलो नहुने उनी सुनाउँछिन् । दसैंको विदाको सदुपयोग महत्वपूर्ण भेटघाटबाट हुने गरेको उनले बताइन् ।  

उनले सेयर बजारका सबै लगानीकर्तालाई रामाइलो गरी दसैं मनाउन सुझाएकी छिन् ।  

खासगरी यो समय भनेको बच्चाहरुको पैसा आउने पनि समय भएका कारण त्यो पैसालाई जोगाएर आइपिओमा लगानी गर्न पनि उनको सल्लाह छ । उनले आफ्ना बच्चाहरुलाई बेलैमा लगानीतर्फ आकर्षित गर्न अभिभावकको विशेष भूमिका हुने भन्दै यही दसैंको दक्षिणाबाट त्यो कामको सुरुवात गर्न शुभकामना दिएकी छिन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.