मंगलवार, आश्विन १४,२०८२ 01:26:51
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 01:26:51
IME remit
Global IME Bank Limited

सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'

Hyundai Nepal
सिडिएससीकी प्रमुख पन्धाक भन्छिन्-'केटाकेटीले पाएको दक्षिणा आईपीओमो लगाउनू'
Shivam Cement

काठमाण्डौं । राजधानीका मुख्य सडकदेखि देशका अन्य भूभाग र गाउँसम्मै दसैंको रौनक छाएको छ । एक हिसाबले आन्दोलनपछि शान्त बनेको शहर र त्यसको प्रभाव समेत परेको गाउँसम्म पनि मानिसहरु आफन्तजन र साथीभाईसँग रमाइलो गर्न व्यस्त छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपालको सेयर बजारमा कारोबार राफसाफको महत्वपूर्ण जिम्मेवारी लिएको सीडीएस एण्ड क्लियरिङ लिमीटेडका प्रमुख कार्यकारी अधिकृत प्रविन पन्धाकको यस बर्षको दसैं सामान्य नै भइरहेको छ ।  

पन्धाकले दसैंलाई भेटघाट र फुर्सदको समयको रुपमा पनि लिन्छिन् । दसैं भन्ने बित्तिकै पन्धाकले बजारमा हुने चहलपहल र भेटघाटलाई नै महत्व दिन्छिन् ।  

दसैको अवसरमा बजारमा हुने चहलपहल तथा आर्थिक क्रियाकलाप  देशको अर्थतन्त्रका लागि महत्वपूर्ण हुने उनको भनाई छ । 

पन्धाकलाई जब दसैं आउँछ, तब बालापनको बेला ठूलाबडाबाट आशिर्वादको रुपमा पाएको पैसा र नयाँ कपडाको सम्झना आउँछ ।  

उनी हाँस्दै भन्छिन् -'त्यो बेलाको दक्षिणाले केही आवश्यकता पनि पूरा गरिन्थ्यो ।'  

उनी मासांहारी हुन्, त्यसका कारण मासुका परिकार दसैंमा उनका लागि विशेष बन्छ ।  

तर बालापनजस्तो अहिलेको दसैंमा उति धेरै रमाइलो नहुने उनी सुनाउँछिन् । दसैंको विदाको सदुपयोग महत्वपूर्ण भेटघाटबाट हुने गरेको उनले बताइन् ।  

उनले सेयर बजारका सबै लगानीकर्तालाई रामाइलो गरी दसैं मनाउन सुझाएकी छिन् ।  

खासगरी यो समय भनेको बच्चाहरुको पैसा आउने पनि समय भएका कारण त्यो पैसालाई जोगाएर आइपिओमा लगानी गर्न पनि उनको सल्लाह छ । उनले आफ्ना बच्चाहरुलाई बेलैमा लगानीतर्फ आकर्षित गर्न अभिभावकको विशेष भूमिका हुने भन्दै यही दसैंको दक्षिणाबाट त्यो कामको सुरुवात गर्न शुभकामना दिएकी छिन् ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.