शुक्रबार, असार १२,२०८३ 05:00:47
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:00:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओको तयारीमा रहेको नगरकोट रिसोर्टको तेस्रो साधारण सभा सम्पन्न

Laxmi Sunrise Bank Limited
आईपीओको तयारीमा रहेको नगरकोट रिसोर्टको तेस्रो साधारण सभा सम्पन्न

काठमाण्डौ । नगरकोट रिसोर्ट लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ ।

गत आर्थिक वर्षमा रिसोर्टले रु. ४ करोड ८५ लाख कारोबार गर्दै रु. ५५ लाख खुद नाफा आर्जन गरेको छ । हाल रिसोर्टले २४ कोठाबाट सेवा प्रदान गर्दै आएको छ र दोस्रो चरण अन्तर्गत नयाँ भवन, स्पा र सम्मेलन कक्ष निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

अध्यक्ष क्षेत्रीले कम्पनीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको र नगरकोट रिसोर्टलाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले रिसोर्टले दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिए ।

कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको छ र यसकालागि केयर रेटिङ नेपाल लिमिटेडबाट ‘डबल बी’ रेटिङप्राप्त गरिसकेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.