काठमाण्डौ । हिमालयन डिष्टिलरीको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५४.६१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बिक्री आम्दानी पनि २७.६३ प्रतिशतले घटेको छ । कम्पनीले १ अर्ब ७ करोड करोड रुपैयाँबराबरको बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब ४८ करोड रुपैयाँ कमाएको थियो ।
कम्पनीको कर्मचारी सुविधा खर्च ६ करोड ८ लाखबाट बढेर ८ करोड ९ लाख, प्रशासनिक तथा अन्य खर्च २ करोड १८ लाखबाट बढेर ३ करोड २३ लाख , बिक्री तथा वितरण खर्च ७ करोड ४ लाखबाट बढेर १२ करोड १९ लाख र वित्त खर्च ३ लाख २६ हजारबाट बढेर ५ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा २६ करोड ४६ लाख रहेको कम्पनीको सञ्चालन मुनाफा १२ करोड ५७ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिजर्भको आकार १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ७५ करोड र कुल चालु दायित्व ६४ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १३८.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात १११.५२ गुणा र तरलता अनुपात ५.८३ प्रतिशत कायम भएको छ ।

